site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसीसी प्रिमियर कप : आईसीसीका पाँच पूर्ण सदस्यसँग खेल्ने मौका
नेपाली टोली । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा अप्रिल १८ देखि एसिया कप छनोटको रूपमा रहेको ‘एसीसी प्रिमियर कप’ आयोजना हुँदै छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले प्रतियोगिताको आयोजना अधिकार नेपालाई सुम्पिने निर्णय गरेपछि नेपाल क्रिकेट संघ (क्यान)को माघमा पोखरामा बसेको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको थियो । तर, अर्को महिनादेखि सुरु हुने प्रतियोगिताका लागि क्यानले हालसम्म ‘भेन्यू’ भने तय गरिसकेको छैन ।

क्यानका कार्यबाहक सचिव दूर्गाराज पाठकले प्रिमियर कपका लागि क्यानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान गरी दुई रंगशालामा आयोजना गर्ने तयारी गरिरहेको बताए ।

“प्रिमियर कपका लागि मुलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान तय गरेका छौँ । प्रतियोगिता दुई रंगशालामा हुने कुरा आधिकारिक रूपमा सार्वजनिक गर्ने तयारीमा छौँ,” पाठकले बाह्रखरीसँग भने ।

प्रिमियर कप : दुई प्रतियोगिताको छनोट

एसिया कपको १६औँ संस्करण यसै वर्ष पाकिस्तानमा जनाइएपनि निश्चित भइसकेको छैन । पाकिस्तानमा सुरक्षा कारण देखाउँदै भारतले सहभागितामा आनाकानी गरिरहेको छ ।

एसिया कपमा आईसीसीका पूर्ण सदस्य रहेका एसियाका पाँच राष्ट्र र नेपालमा हुने एसिया प्रिमियर कपबाट एक टोलीसहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये आईसीसीका पूर्ण सदस्य रहेका पाकिस्तान, बंगलादेश, भारत, अफगानिस्तान र श्रीलंकाको सहभागिता निश्चित बन्दा नेपालमा हुने छनोटबाट एक टिमको टुंगो लाग्न बाँकी छ । 

नेपालमा हुने एसिया कप छनोटको रूपमा रहेको प्रिमियर कपमा एसोसियट राष्ट्रमध्ये वरीयताका शीर्ष आठ टिम र थाइल्यान्डमा हुने एसीसी पुरुष च्यालेन्जर कपको फाइनलमा पुग्ने दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जहाँ शीर्ष आठ वरीयतामा नेपालसँगै, युनाइटेड अरब इमिरेट्स (यूएई), ओमान, हङकङ, मलेसिया, सिंगापुर, कुवेत र कतार छन् । यस्तै, च्यालेन्जर कपबाट साउदी अरेबिया र बहराइन शीर्ष दुई टिमको रूपमा प्रिमियर कपमा छनोट भइसकेका छन् ।

acc1679483847.jpeg

प्रतियोगिता अप्रिल १८ देखि मे २ सम्म चल्नेछ । प्रतियोगितामा सहभागी १० टिम दुई समूहमा विभाजित छन् । प्रतियोगिताको समूह ‘ए’ मा घरेलु टिम नेपालसँगै, कतार, साउदी अरेबिया, ओमान र मलेसिया छन् ।  समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत, यूएई र सिंगापुर छन् ।

एकदिवसीय संरचनामा आयोजना हुने प्रतियोगितामा कुल २४ खेल हुनेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोतिगाको उपाधि जित्ने टिमले पाकिस्तानमा हुने एसिया कपमा स्थान पक्का गर्नेछ । 

यस्तै, प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टिमले ‘इमर्जिङ टिम्स एसिया कप’मा स्थान बनाउनेछन् । इमर्जिङ टिम्स एसिया कपमा आईसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशका ‘ए’ टिम सहभागी हुनेछन् । यस प्रतियोगितामा पनि सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । जसको समूह ‘ए’ मा भारत, पाकिस्तान, श्रीलंका र नेपालमा हुने छनोटको विजेता टिम रहनेछ ।

यस्तै, समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेशसँगै प्रिमियर कपका उपविजेता र तेस्रो हुने टिम हुनेछन् । एसीसीका अनुसार इमर्जिङ टिम्स एसिया कप जुलाईमा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro