site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अफगानिस्तान र पाकिस्तानमा भूकम्पबाट १३ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । अफगानिस्तानको सहर जुर्म भन्दा ४० किलोमिटर दक्षिणपूर्वमा पाकिस्तान र ताजकिस्तानको सीमा नजिक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

६.५ म्याग्निच्युडको भूकम्पमा परी दर्जनौँ मासिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस भएको बताइएको छ । 

Agni Group

उत्तरपश्चिमी पाकिस्तानमा भूकम्पबाट कम्तिमा ९ जनाको ज्यान गएको र ४४ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । 

मंगलबार राति करिब साढे १० बजेतिर गएको भूकम्पपछि उत्तरी खैबर पख्तुनख्वा प्रान्तका अस्पतालहरूलाई रातभर आपतकालीन अवस्थामा राखिएको थियो ।

Global Ime bank

अफगानिस्तानमा कम्तिमा चारजनाको मृत्यु भएको र ५० जना घाइते भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएको छ ।

भूकम्पको धक्का भने भारत, पाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान, किर्गिजस्तान, अफगानिस्तान र तुर्कमेनिस्तानका करिब २८ करोड भन्दा बढी मानिसले महसुस गरेको युरोपेली भूमध्य भूगर्भ केन्द्रले जनाएको छ ।पाकिस्तानको मौसम विभागले भूकम्पको ६.८ म्याग्निच्युडको र ३.७ म्याग्निच्युडको पराकम्पको टिपोट गरेको छ ।

पाकिस्तानमा १० वर्षीया बालिका र २४ वर्षीय पुरुषसहित ९ जनाको मृत्यु भएको र २० भन्दा बढी घरमा क्षति भएको उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बताएका छन् । मंगलबार राति करिब साढे दश बजेतिर भूकम्प गएको थियो ।पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि विपद् व्यवस्थापन विभागका अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

गत वर्ष २०२२ को जुनमा पूर्वी अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्पमा परी एक हजार बढीको ज्यान गएको थियो । सन् २००५ मा उत्तरी पाकिस्तानमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले कम्तिमा ७३ हजारको ज्यान लिएको थियो । अलजजिराबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC