site stats
बाह्रखरी :: Baahrakhari
देश
ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात
मनाङमा भएको हिमपातको दृष्य । फाइल तस्बिर ।

ढोरपाटन । बागलुङको ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो ।

हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटेल व्यवसायी श्यमलाल घिमिरेले बताए । हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ ।

हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतबार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए । हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ ।

“हिजो बुटवलदेखि एक बस पर्यटक आएका थिए, हिउँले गर्दा फल्लेघरभन्दा माथि आउन सकेनन् । पछि पिकअपले ल्यायो,” घिमिरेले भने, “अहिले घाम लागेको छ, विस्तारै हिउँ पग्लिन थालेको छ । दिउँसोसम्म सबै सडक खुल्छन् होला ।”

Global Ime bank

हिमपातले गर्दा घोडाखच्चड तथा वस्तुभाउलाई घाँसदाना हाल्न समेत गाह्रो भएको स्थानीय कुलबहादुर विकले बताए ।

अघिल्लो वर्ष पुस–माघमै चार/पाँचपटक हिमपात हुने गरे पनि यो वर्ष ढोरपाटन उपत्यकामा पहिलोपटक हिउँ परेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu