site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गण्डकी प्रदेश : उपराष्ट्रपति निर्वाचनपछि मात्रै सरकार परिवर्तन
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

पोखरा । प्रधानमन्त्री बन्दाको सत्ता समीकरण राष्ट्रपति निर्वाचनमा भत्किएपछि संघीय सरकारमा नयाँ गठबन्धन बनेको छ । पुस १० गते प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको नेकपा (एमाले) राष्ट्रपति चुनावमा भने गठबन्धनबाट बाहिरिन पुगेको छ । एमाले बाहिरिएको मात्रै होइन, सरकार नै छाडेर प्रतिपक्षी बन्न पुगेको छ ।

नयाँ बनेको गठबन्धनबाट राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् भने चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ । नयाँ गठबन्धनमा कांग्रेससहितका मधेसवादी दलहरु पनि मिसिन पुगेका छन् ।

नयाँ गठबन्धनले संघ सरकारलाई असर नपरे पनि एमाले बाहिरिँदा प्रदेश सरकारहरु भने धरापमा परेका छन् । 

Agni Group

संघमा नयाँ गठबन्धन बन्नासाथ राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको छ । राप्रपाले प्रदेशहरुको हकमा पनि संघकै निर्णय लागु हुने बताएको छ । तर, एमालेले मुख्यमन्त्री पाएका प्रदेशहरुमा भने राप्रपाले समर्थन कायमै राखेको छ । यसले गर्दा प्रदेशमा पुरानो गठबन्धनको सरकार कहिलेसम्म टिक्छ भन्ने कौतुहलता उत्तिकै छ ।

गण्डकीमा राप्रपाबाट पञ्चराम गुरुङ सामाजिक विकासमन्त्री छन् । दुई सिटको राप्रपा अहिले गण्डकीमा एमाले, माओवादीको सरकारमा निर्णायक छ । ६० प्रदेशसभामा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । एमालेका २२, माओवादीका सात (सभामुखबाहेक) र राप्रपाका दुई गरी अहिले ३१ सांसदको समर्थनमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री छन् ।

Global Ime bank

अधिकारीलाई राप्रपाले समर्थन कायमै राखेको छ । राप्रपाले साथ नछोड्दासम्म अधिकारी ‘सेफ जोन’मा नै छन् । तर, उपराष्ट्रपति निर्वाचनपश्चात् संघमा नै नयाँ गठबन्धनलाई सरकारमा सहभागी हुनेछ । उपराष्ट्रपति निर्वाचनकै कारण सरकारमा सहभागिताको विषय गौण बनेको छ । चैत ३ गते उपराष्ट्रपतिको निर्वाचनपश्चात् गठबन्धनमा सहभागी नौ दलको सरकारमा सहभागिताको बारेमा छलफल हुनेछ ।

त्यसको प्रभाव प्रदेशमा पनि पर्ने निश्चित छ ।

“उपराष्ट्रपति निर्वाचनपछि नै प्रदेशमा पनि केही निर्णय होला,” माओवादी संसदीय दलका नेता तथा गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले भने ।

सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण कार्यक्रम छ भने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पनि सकिँदै छ । भण्डारीको बिदाइ तथा नयाँ राष्ट्रपतिको शपथग्रहण कार्यक्रमको लागि गण्डकीका मुख्यमन्त्री अधिकारी सोमबार नै काठमाडौं जाँदै छन् ।

माओवादी मुख्यमन्त्री रहेको ठाउँमा एमालेले पनि समर्थन कायमै राखेका कारण तत्काल प्रदेशमा के गर्ने भन्ने विषयमा अन्योलता रहेको चुमान बताउँछन् । “हाम्रा मुख्यमन्त्री रहेका ठाउँमा पनि एमालेले समर्थन कायमै राखेको छ, एमाले मुख्यमन्त्री रहेको ठाउँमा पनि माओवादीले समर्थन फिर्ता लिएको छैन,” उनले भने ।

उपराष्ट्रपति निर्वाचनका लागि काठमाडौं जाँदा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गर्ने र थप निर्णय हुनसक्ने उनी बताउँछन् । “प्रधानमन्त्रीज्युसँग भेटघाट हुन्छ, त्यहाँ नै उहाँले केही भन्नुहोला,” चुमानले भने ।

एमाले आफै बाहिरिए सहज हुने तर नबाहिरिएको खण्डमा भने माओवादीले नै समर्थन फिर्तासम्म लिनसक्ने उनले संकेत गरे । “अब कसले पहिला छाड्ने भन्नेजस्तो भएको छ, जे हुन्छ उपराष्ट्रपति निर्वाचनपछि नै हुन्छ,” उनले भने ।

इता प्रदेश सरकारले भने संसद् नै अन्त्य गरिसकेको छ । गत पुस १८ गते सुरु भएको गण्डकी प्रदेशको पहिलो अधिवेशन गत फागुन १८ गते अन्त्य गर्ने निर्णय सरकारले गरेको थियो । केन्द्रमा नयाँ गठबन्धन बनिसकेको अवस्था र राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेपछि नै सरकारले अधिवेशन अन्त्यको निर्णय गरेको थियो ।

अधिकारी पुस २५ गते गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC