site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको कीर्तिमानी ब्याटिङमा सारथी बनेका आसिफ 
SkywellSkywell

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ५२ रनको जित निकाल्दा नेपालसँगै ओपनर आसिफ शेखले ब्याटिङमा कीर्तिमानी प्रर्दशन गरे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेपछि ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल खडा गरेको थियो ।

पीएनजीविरुद्धको खेल एकदिवसीय क्रिकेटमा नेपाली ब्याटिङका लागि कीर्तिमानी बन्यो । लिग–२ का पछिल्लो नौ खेलमध्ये आठ खेलमा जित निकालेको नेपालले पीएनजीविरुद्ध खडा गरेको योगफल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो योगफल हो ।

KFC Island Ad
NIC Asia

नेपालले अहिलेसम्म एकदिवसीय क्रिकेटको एकै खेलमा २९० रनको आंकडा छुन सकेको थिएन । तर, पीएनजीविरुद्ध ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेटकै पहिलो शतक बनाएपछि नेपालले पीएनजीसामु कीर्तिमानी योगफल खडा गर्‍यो ।  

nepali c1678366259.jpg

Royal Enfield Island Ad

यसअघि कीर्तिपुरमै भएको लिग–२ अन्तर्गतको शृंखलामा नामिबियाविरुद्ध २८७ रन बनाउनु एकदिवसीय क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको ठूलो योगफल थियो । उक्त खेलमा नामिबियाले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २८७ रन बनाएको थियो । 

यस्तै, आजको खेल सुरु हुनुभन्दा अघिसम्म नेपालले पहिले ब्याटिङ गरेर २७८ रन बनाउनु नै अहिलेसम्मको सबैभन्दा ठूलो योगफल थियो । 

आसिफको पहिलो शतक र एकदिवसीय क्रिकेटमा एक हजार रन पूरा

पीएनजीविरुद्ध नेपाली टिमले ब्याटिङमा कीर्तिमानी योगफल खडा गर्दा आसिफ शेखले पनि कीर्तिमानी ब्याटिङ गरे । पीएनजीविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरकै पहिलो शतक बनाएका आसिफ एकदिवसीय क्रिकेटमा नेपालबाट एक हजार रन पु¥याउने ब्याटर समेत बने । आसिफले एकदिवसीयमा सात र ट्वान्टी–२० क्रिकेटमा दुई अर्धशतक बनाएका छन् ।

१०१ बलमा १० चौका र दुई छक्कासहित १०० रन पूरा गरेका आसिफ नेपालबाट एक हजार रन बनाउने दोस्रो ब्याटर बने । पीएनजीविरुद्ध ९० रन बनाएसँगै आसिफले नेपालबाट एक हजार रन बनाउने ब्याटरमा कप्तान रोहितकुमार पौडेलसँगै आफ्नो नाम पनि लेखाए । पीएनजीविरुद्ध ११० रनमा पभेलियन फर्किएका आसिफले ३२ इनिङमा एक हजार रन बनाए । 

nepal cr1678366263.jpg

उनले सन् २०२१ मा पीएनजीविरुद्धकै खेलबाट नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । आसिफअघि एक हजार रन क्लबमा प्रवेश गरेका कप्तान रोहितले अहिलेसम्म ४१ इनिङमा एक हजार २०९ रन बनाएका छन् । उनलाई पछ्याइरहेका आसिफको खातामा १०२० रन छ । ३४.०० को एभरेजमा ब्याटिङ गर्ने आसिफ एकदिवसीय क्रिकेटमा नेपाली ब्याटरमध्ये सबैभन्दा राम्रो ब्याटिङ एभरेज भएको खेलाडीसमेत हुन् । आसिफपछि रहेका रोहित र भीम सार्कीको ब्याटिङ एभरेज क्रमशः ३३.५८ र ३३.०० छ ।

“लामो समयदेखि यसको लागि प्रतिक्षारत थिए । ३० खेल खेलिसकेका थिए । फाइनल्ली आज आयो र राम्रो समयमा स्कोर गर्न सके । एकदमै खुसी लागिरहेको छ,” शतकपछि आसिफ भन्छन्, “घरेलु मैदानमा खेल्दा त्यसमा पनि घरेलु मैदानमा शतक बनाउदा विशेष महसुस हुन्छ । प्रत्येक बलमा समर्थकले समर्थन गरिरहेका हुन्छन् । यसले ब्याटिङ गर्दा हामीलाई पनि मज्जा दिन्छ । अब हामीलाई बाँकी तीन खेलमै जित निकाल्नु छ । तर, अहिलेलाई भने हामीले एक पटकमा एक खेल खेल्ने रणनीति लिएर खेलिरहेका छौं ।”

लिग–२ को अन्तिम शृंखलामा नेपालसँगै पीएनजी र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । जितसँगै ३३ खेलबाट ३४ अंक जोडेको नेपाल अंकतालिकाको पाँचौ स्थानमा छ । एकदिवसीय मान्यता जोगाउन नेपाललाई अब बाँकी तीन खेलमध्ये एकमा जितको नतिजा पर्याप्त बन्नेछ । तर, लिग–२ को शीर्ष तीनमा रहन भने नेपाललाई अबका तीनवटै खेलमा जित आवश्यक छ । 

३३ खेलबाट नौ अंक जोडेको पीएनजी तालिकाको पुछारमा छ । ३२ खेलबाट ३१ अंक जोडेको यूएई छैटौं स्थानमा छ । लिग–२ का शीर्ष पाँच टिमले एकदिवसीय मान्यता पाउनेछन् । 

विश्वकप छनोट 
लिग–२ बाट शीर्ष तीन टिमले जिम्बाब्वेमा १८ जुनदेखि ९ जुलाइसम्म हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । बाँकी चार टिमले नामिबियामा २४ मार्चदेखि ४ अप्रिलसम्म हुने आईसीसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन् । 

nepali cr1678366259.jpg

प्लेअफमा च्यालेन्ज लिगबाट शीर्ष दुई टिम र लिग–२ को पुछारमा रहेका चार टिमले प्रतिस्पर्धा गर्नेछन् ।

नामिबियामा हुने विश्वकप क्वालिफायर प्लेअफका शीर्ष दुई टिमले पनि जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा स्थान बनाउनेछन् । 

जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप २०२३ को छनोट प्रतियोगितामा क्वालिफायर प्लेअफका शीर्ष दुई टिम, क्रिकेट विश्वकप लिग–२ बाट शीर्ष तीन टिम र आईसीसीको पूर्ण सदस्य राष्ट्रहरूको सुपर लिगबाट पुछारमा रहेका पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । 

सुपर लिगको शीर्ष सात टिमले सिधै आईसीसी एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् । आयोजक राष्ट्रका रुपमा भारतले पनि सिधै विश्वकपमा स्थान बनाउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro