
काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले उपाधिका लागि घरेलु टिम बंगलादेशसँग खेल्ने भएको छ ।
मंगलबार भएको लिग चरणको अन्तिम खेलमा भुटानमाथि ५–० को सहज जित निकाल्दै बंगलादेशले उपाधिका लागि नेपालसँगको भेट पक्का गरेको हो । बंगलादेशको जितमा कप्तान सामसुनहरले ह्याट्रिक गर्दा मस्त अक्लिमा खातुनले दुई गोल गरिन् ।
जितसँगै तीन खेलबाट सात अंक जोडेको बंगलादेशले अपराजित रहदै फाइनल यात्रा तय गर्यो । बंगलादेश समूहको शीर्ष स्थानमा रहँदा नेपाल ६ अंकसहित दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको भारतले चार अंक जोड्दा पुछारको भुटान भने अंकविहीन रह्यो ।
यसअघि आजै भएको खेलमा नेपालले अर्को उपाधि दाबेदार भारतको चुनौती ३–१ ले पन्छाउँदै फाइनलको टिकट काटेको थियो ।