site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेशसभा : पहिलो पाँच वर्षमा के–के भयो ?

जनकपुरधाम । मधेस प्रदेशसभाले पाँचौँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार प्रदेशसभामा निर्वतमान सांसदलाई सम्मान तथा बिदाइ गर्दै वार्षिकोत्सव मनाइएको हो ।

प्रदेशसभाको पहिलो कार्यकालमा नीति निर्माणलगायतको काममा महत्त्वपूर्ण योगदान दिएका सांसदहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री सरोजकुमार यादवले दोसल्ला तथा कदरपत्र दिएर सम्मान गरेका छन् । कार्यक्रममा केही सांसदहरु भने अनुपस्थित थिए । 

यसैबीच, पहिलो कार्यकालको उत्कृष्ट सांसद नेपाली कांग्रेसका शिवचन्द्र चौधरी भएका छन् । उपस्थिति र संसद्मा उठाइएको अवाज/मुद्दाको अधारमा उत्कृष्ट सांसद छनोट गरिएको हो । चौधरी पहिलो कार्यकालको २२८ बैठकमध्ये २०३ बैठकमा उपस्थित हुँदै १४० पटक बोलेर अवाज उठाएका थिए । 

Dabur Nepal
NIC Asia

प्रदेशसभाको चौथो वर्षको वार्षिकोत्सव हवाहुरीको कारण प्रभावित भएको थियो । चौथो वर्षको उत्कृष्ट सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की रानी शर्मा तिवारी र जनता समाजवादी पार्टी (जसपा)का रामआशिष यादव भएका थिए । सांसदद्वयलाई यसै कार्यक्रममार्फत कदर र प्रमाणपत्र दिइएको थियो । 

कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकारको काम तीव्र गतिमा अगाडि बढ्ने बताएका थिए । प्रदेश सरकारले सबै पक्षलाई समेटेर ठोस कार्ययोजना बनाउने उनले बताए । दोस्रो कार्यकालको सरकारले बुलेट ट्रेनको गतिमा काम गर्ने उनको भनाइ छ । 

भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै अगामी सरकारको सकारात्मक कारबाहीलाई निरन्तरता दिने उनले उल्लेख गरे । विकासको लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गर्ने सरकारको तयारी रहेको उनले बताए । 

पाँच वर्षमा के–के भयो ?

मधेस प्रदेशसभाको पहिलो कार्यकालको सांसदहरुले ०७४ माघ ७ गते शपथग्रहण गरेका थिए । सोही महिनाको २१ गते प्रदेशसभाको पहिलो बैठक बसेर प्रदेशसभाको काम कारबाही सुरु गरिएको थियो । करिब पाँच वर्षको कार्यकालमा नौवटा अधिवेशन सम्पन्न भएको थियो । जसमा २२८ वटा बैठक बसिएको थियो । ३११ घण्टा १८ मिनेट ५६ सेकेन्ड प्रदेशसभा सञ्चालन भएको थियो ।

यस अवधिमा प्रदेशसभाले स्थायी राजधानी र प्रदेशको नामकरण गर्न सफल भएका छन् । दुईपटक प्रदेशसभाले स्थायी राजधानी र नामकरणको प्रयास गर्दा असफल भएको थियो । त्यसपछि ०७८ माघ ३ गते चुनाव हुँदा दुईतिहाइ बहुमतले प्रदेशसभाको नाम र राजधानी स्वीकृत भएको थियो । ८० जना सांसदले मधेस नाम र जनकपुरधाम राजधानीको लागि सर्मथन गरेका थिए ।

प्रदेशसभामा ६१ वटा विधेयक दर्ता भएको थियो । दर्ता भएकोमध्ये ५५ वटा पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेका छन् । ६ वटा विधेयक विषयगत समितिमा विचराधीन अवस्थामा छन् । 

विषयगत समितिमा विचराधीन रहेको ६ मध्ये पाँच विधेयकको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत भइसकेको छ भने एक विधेयकको प्रतिवेदन बुझाउन बाँकी छ । तर, अधिवेशन अन्त्य भएको हुनाले अन्य विधेयकको अन्य काम कारबाही अगाडि बढ्न सकेको छैन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro