site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डेड सी म्याराथनमा सात हजार धावक
Sarbottam CementSarbottam Cement

जेरुसेलम । करिब सात हजार धावकले मृत सागर (डेड सी म्याराथन) दौडमा भाग लिएका छन् । पृथ्वीको सबैभन्दा तल्लो स्थान अर्थात् दक्षिणपूर्वी इजरायलको नुनतालको दक्षिणी किनारस्थित सागरमा सो प्रतिस्पर्धा भएको हो ।

पूर्ण म्याराथन, हाफ म्याराथन, ५० किमि, १० किमि र पाँच किमिको दौड मृत सागरको दक्षिणी भागमा इजरायल र जोर्डनबीचको सिमानामा रहेको समुद्रको केन्द्रतर्फ आयोजना गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सामान्यतया सुरक्षा बल र सम्बन्धित कामदारहरूलाई मात्र यस खण्डमा प्रवेश गर्न अनुमति दिइन्छ । तर, म्याराथनका दिन वर्षमा एकपटक खुला गरिन्छ ।

पूर्ण म्याराथनमा पुरुषतर्फ स्पेनका सर्जियो टुरुलले दुई घण्टा ४७ मिनेट चार सेकेन्डमा निर्धारित दूरी पूरा गरे । महिलातर्फको म्याराथनमा इजरायलकी अन्ना प्रेइसले तीन घण्टा २१ मिनेट २९ सेकेन्डमा दूरी पूरा गरिन् ।

Global Ime bank

प्रतियोगिताका विजेताहरूले जनही १,४०० शेकल (४११ अमेरिकी डलर) पुरस्कार प्राप्त गरेका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !