site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
फाइल तस्बिर ।

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । सोमबार (भोलि)सम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसको एक दिनअघि अधिकारीले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

अधिकारी चैत २५ गते सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 
 
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्ने र विश्वासको मत लिने कार्यसूची तय गरिएको कार्यव्यवस्था परामर्श समितिका सदस्य फणिन्द्र देवकोटाले जानकारी दिएका छन् ।

कार्यसूची तयसँगै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउलान् वा फेरि विवादास्पद घटना होला भन्ने आमसंशय छ । 

अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत २१ गते राजीनामा दिएका थिए । सोही दिन प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २७ गतेसम्म सरकार गठन गर्न दलहरूलाई आह्वान गरे ।

राप्रपालाई सभामुख ‘अफर’, देवकोटा छुट्टै छलफलमा : ३० लाई बहुमत मान्ने रणनीतिमा सत्तापक्ष

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजीव गुरुङ (दीपक मनाङे)को समर्थनसहित चैत २५ गते एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष निदेवन पेस गरेका थिए । उक्त निवेदनमा एमालेका २२ र माओवादीका आठ प्रदेशसभा सदस्य रहेको उल्लेख थियो । दलका नेताको हस्ताक्षर थियो । मनाङेले भने छुट्टै हस्ताक्षर गरेका थिए ।

तर, एमाले–माओवादी गठबन्धनले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा गरेको दाबी असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले प्रदेश प्रमुखलाई असहमतिपत्र बुझायो । अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त नगर्न कांग्रेसले आग्रह गर्‍यो । तर, प्रदेश प्रमुखले उक्त आग्रह नसुनी गठबन्धनले गरेको दाबीलाई सदर गर्दै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro