site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणका लागि आइतबार (आज) काठमाडौं आउँदैछिन् ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नेछिन् ।

उनले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग भेट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । जापानकी विदेशमन्त्री योको आजै स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

जापानको परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro