site stats
खेल
एम्बाप्पेले च्याम्पियन्स लिगमा बायर्नविरुद्धको खेल गुमाउने

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्ट्राइकर काइलियन एम्बाप्पेले तिघ्राको चोटका कारण च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्धको खेल गुमाउने भएका छन् । उनले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग गुमाउने भएका हुन् । 

बुधबार राति मोन्टपेलियरविरुद्ध ३–१ को विजय हासिल गरेको खेलमा फ्रान्सका फरवार्ड एम्बाप्पे घाइते भएका थिए । तिघ्रामा लागेको चोटका कारण उनी तीन साताका लागि बाहिरिएका छन् । 

Agani Group

बुधबार राति २४ वर्षीय एम्बाप्पेका लागि विर्षनलायक रह्यो । उनले २१औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । त्यसअघि उनले पेनाल्टीमा गोल गर्ने अवसर गुमाएका थिए । पहिलो पटक हानेको पेनाल्टी प्रहार विपक्षी गोलकिपरले बचाइदिएका थिए । रेफ्रीले पुनः पेनाल्टी प्रहार गर्ने अवसर दिएका थिए । तर, दोस्रो प्रयासमा पनि एमबाप्पे सफल हुन सकेनन् । 

पीएसजीले अन्तिम १६ को पहिलो लेग  १४ फेब्रुअरीमा बायर्नसँग घरेलु मैदानमा खेल्नेछ । एम्बाप्पेले फेब्रुअरी ८ मा मार्सेसँगको फ्रेन्च कप र शनिबार फ्रेन्च लिगमा हुने मोनाकोविरुद्धको खेल पनि गुमाउने छन् । 

Global bank

एम्बाप्पेले जारी सिजन आफ्नो क्लबका लागि २६ खेलमा २५ गोल गरिसकेका छन् । बायर्नविरुद्धको दोस्रो लेग ८ मार्चमा जर्मनीमा हुनेछ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ०९:४१
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय