
सिडनी । पश्चिमी अस्ट्रेलियाको स्थानीय प्रशासनले गत महिनादेखि हराइरहेको एउटा सानो रेडियोधर्मी क्याप्सुल फेला परेको जनाएको छ । आपत्काल सेवाले हराएको रेडियोधर्मी सियोलाई परालको चाङमा फेला पारेको बताएको छ ।
मुलुकको एक हजार चारसय किलोमिटर दूरीको मार्गमा ल्याइँदै गर्दा हराएको यस वस्तुको व्यापक खोजी थालिएको थियो ।
सरकारी निकायले केराउ आकारको यस क्याप्सुलको तस्बिर सार्वजनिक गर्दै यदि यो जमिनका स–साना ढुंगाको संसर्गमा आएको भए गम्भीर खतरा सिर्जना हुन सक्ने जनाएको छ । एउटा सिरियल नम्बरको आधारमा उनीहरूले ६ मिलिमिटर व्यास र ८ मिलिमिटर लम्बाइको यो सही क्याप्सुल फेला परेको यकिन गर्न सकेका हुन् । यसमा राखिएको निकै सानो परिमाणको क्याएसियम–१३७ नामक पदार्थले छालामा क्षति पुर्याउन, जलाउन वा रेडियोधर्मीसम्बन्धी विकारहरू गर्न सक्ने बताइएको छ ।
खानी सञ्चालन गर्दै आएका ठूला व्यवसायी रियो टिन्टोले खानी उद्योगमा एउटा घनत्व गेजमा प्रयोग हुने यो उपकरण हराएकोमा क्षमायाचना गरेका छन् ।

सो क्याप्सुल भेटिएको स्थानको २० मिटर वरपरको क्षेत्रलाई 'हट जोन' घोषित गरिएको छ भने यसलाई सिसाको भाडामा राखिने भएको छ । बिहीबार पर्थ सहरको सुरक्षित परिसरमा पुर्याउनु अघिल्लो रात यसलाई न्युम्यान सहरको एक सुरक्षित स्थानमा राखिने निर्णय गरिएको छ ।
सरकारी अधिकारीहरूका अनुसार विशेषज्ञ उपकरण जडित एउटा सवारी साधन ७० किलोमिटर प्रतिघन्टाको वेगमा गुडिरहेको अवस्थामा यो क्याप्सुल फेला परेको हो ।
बीबीसीबाट ।