
बर्लिन । जर्मनीस्थित रुस समर्थित अभियन्ताहरूको एक समूहले युक्रेनमा युद्धरत रुसी फौजलाई आर्थिक सहयोग गरेको छ । रुसी सेनाको डिभिजनमा कार्यरत एकजना अधिकारीले सो रकम वाकी–टकी रेडियो, हेडफोन र टेलिफोन खरिद गर्न प्रयोग गरिएको बताएका छन् ।
गत वर्षको उत्तरार्धमा सैनिक अधिकारीलाई एकमुस्ट पाँच सय युरो अर्थात् ५४० अमेरिकी डलर प्रदान गरेको समूहको केन्द्रका ती एक जोडी एलेना कोलिबास्निकोभा र म्याक्स स्कलुन्डलाई सो रकम दूरसञ्चार उपकरण खरिदमा प्रयोजन हुने थाहा थियो । यद्यपि युरोपेली संघ (ईयू)ले रुसी फौजलाई कसैले पनि यस्ता उपकरण आपूर्ति गर्न नसक्ने गरी प्रतिबन्ध लगाएको छ ।
समाचार एजेन्सी रोयटर्सले गत ३ जनवरीमा सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार कोलिबास्निकोभा र स्कलुन्ड रुस सरकारसँग गोप्य सम्बन्ध राखेर जर्मनीमा मस्कोप्रतिको समर्थन प्रबर्द्धन गर्ने व्यक्तिहरूमध्ये हुन् भनेर रहस्योद्घाटन भएको हो ।
सोही प्रतिवेदनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट सम्बोधन हुने एउटा बैठकमा भाग लिनका लागि यस जोडीलाई रुसी सरकारको सांस्कृतिक प्रबर्द्धन निकाय 'रोस्सोट्रुदनिचेस्तभो'को बलिर्नस्थित शाखाले मस्को भ्रमणको टिकट प्रदान गरेको पनि उल्लेख गरिएको छ ।
रोयटर्सबाट ।