site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोपा डेल रेको सेमिफाइनलमै 'एल क्लासिको' भिडन्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा 'एल क्लासिको' भिडन्त हुने भएको छ । सोमबार सार्वजनिक भएको प्रतियोगिताको सेमिफाइनल 'ड्र' मा लिग लिडर बार्सिलोनाले रियाल मड्रिडलाई प्रतिद्वन्द्वीको रूपमा पाएसँगै जारी सिजन पाँचपटक 'एल क्लासिको' हुने पक्का भएको हो । 

यी दुई टिमबीचको पहिलो लेग मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबेउमा र दोस्रो लेग बार्सिलोनाको मैदान क्याम्प नाउमा हुनेछ । यो खेलको पहिलो लेग फेब्रुअरी अन्तिम साता वा मार्च पहिलो साता हुनेछ ।

दोस्रो लेग अप्रिल पहिलो साता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लोपटक स्पेनिस सुपरकोपाको फाइनलमा यी दुई टिमबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा बार्सिलोनाले रियाल मड्रिडमाथि ३–१ को जित निकाल्दै सुपरकोपाको उपाधि जितेको थियो । 

यस्तै, प्रतियोगिताको अर्को सेमिफाइनलमा एथ्लेटिको बिल्बाओले फाइनल प्रवेशका लागि ओसासुनाविरुद्ध खेल्ने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro