
काठमाडौं । भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय महिला टिमको प्रशिक्षण जिम्मेवारी पाएका अनन्तराज थापाले ४३ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा डाकेका छन् ।
मुख्य प्रशिक्षक थापाले सोमबार मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा खेलाडीहरूलाई बोलाएका हुन् । महिला टिमको बन्द प्रशिक्षण मंगलबारदेखि सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थापालाई मैत्रीपूर्ण खेलकै लागि माघ १५ गते नेपाली टिमको जिम्मेवारी सुम्पिएको थियो ।
एन्फाले नेपाली टिमको सहायक प्रशिक्षकमा गंगा गुरुङ, गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा र टिम म्यानेजरमा वृन्दा देवानलाई नियुक्त गरेको थियो ।
नेपालले भारतसँग फागुनमा मैत्रीपूर्ण खेल खेल्ने तय भए पनि हालसम्म मिति भने सार्वजनिक भइसकेको छैन ।
प्रारम्भिक प्रशिक्षणमा डाकिएका खेलाडी
अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, अन्जना रानामगर, एन्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला बिक, विमला चौधरी, चन्द्रा भन्डारी, दीपा न्यौपाने, दीपा शाही, गंगा गुरुङ, घिमकुमारी गुरुङ, गीता राना, हिमा चौधरी, हिराकुमारी भुजेल, कविता बिक, कविता धिमाल, कुशुम राई, कुशुम खतिवडा, मनिका कुश्वार, मन्जली कुमारी योञ्जन, मेनुका आलेमगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सविता रानामगर, सावित्रा भन्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती एयर, सुरु लिम्बू, शृंजनासिंह ठकुरी, सुनिता चौधरी र उषा नाथ ।