site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको अवसरमा ‘पशुपतिप्रसाद–२ भष्मे डन’ घोषणा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको अवसर पारेर ‘पशुपतिप्रसाद–२ भष्मे डन’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर ‘पशुपतिप्रसाद’ रिलिजको सात वर्ष पुगेको सेलिब्रेसन गर्दै ‘पशुपतिप्रसाद–२ भष्मे डन’ निर्माणको घोषणा गरेको हो । 

‘पशुपतिप्रसाद’को प्रमुख पात्रमध्येको एक भष्मे डनको चरित्रमाथि चलचित्र निर्माण हुन लागेको हो । 

चलचित्रमा विपीन कार्की अर्थात ‘भष्मे डन’ मुख्य कलाकारको रूपमा रहनेछन् । ‘पशुपतिप्रसाद’मा उनले गरेको क्यारेक्टर लोकप्रिय भएको थियो । सोही भूमिकाबाट नेपाली रजतपटमा विपीनको उदय भएको थियो । 

विपीनको अपोजिटमा स्वस्तिमा खड्का देखिने छिन् ।

pashupatiprasad-21675000014.jpg

Global Ime bank

विपीन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्रसिंह बानियाँ, सजन मगर, मिश्री थापालगायत कलाकारको पनि चलचित्रमा अभिनय रहनेछ । यो चलचित्रमा दर्शकले खगेन्द्र लामिछानेलाई भने देख्न पाउने छैनन् । 

‘पशुपतिप्रसाद–२ भष्मे डन’ फागुन १२ गतेदेखि छायांकन हुनेछ । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्ने छन् । चलचित्रको निर्माणमा निर्देशकसमेत रहेका खनाल र पटकथा लेखक लामिछानेले सहकार्य गर्ने छन् ।

चलचित्र आगामी दसैंमा रिलिज हुने निर्माण पक्षले जनाएको छ । 

कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने चलचित्रमा निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन रहनेछ । रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दीर्घ खड्काको सम्पादन रहनेछ ।

निर्माण कम्पनि टुकी आर्टस प्रालिले ‘पशुपति प्रसाद’सहित ‘धनपति’ र ‘पानीफोटो’लगायत चलचित्र निर्माण गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu