रास्वपाको केन्द्रीय समिति बैठक सुरु, रविलाई सभापति बनाउने तयारी
आइतबार, माघ १५, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । आजको बैठकले रवि लामिछानेलाई नै सभापतिमा प्रस्ताव गर्ने र निर्णय गर्ने तयारी छ ।
तर केही कानुनी अड्चन हुने विषयमा पनि कुराकानी हुने स्रोत बताउँछ ।