site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘निरंकुश बालेन’ ! डोजर एक्सनले निम्त्यायो सडक संघर्ष 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को डोजर एक्सनविरुद्ध स्थानीय सडक संघर्षमा उत्रिएका छन् । 

आइतबार माइतीघर मण्डलामा डोजर एक्सनबाट पछि हटेर नियमसंगत तरिकाले काम गर्नुपर्ने भन्दै बालेनलाई सचेत गराउन स्थानीयले प्रदर्शन गरे । 

बालेन कार्यकालको छोटो समयमै आलोचित बन्नुपरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गहन अध्ययन अनुसन्धान गरी समाधानतर्फ नगइ डोजर आतंक मच्चाउँदा उनका अधिकांश योजनाहरु विवादित र अलपत्र बनेका हुन् । 

उपत्यकाव्यापी सडक विस्तार संघर्ष समिति, साँखु सडक विस्तार संघर्ष समिति र कुलेश्वर अटो व्यवसायी संघ लगायतका संघ संगठनहरु बालेनको कदमविरुद्ध एकसाथ सडक संघर्षमा जुटेका छन् । 

Global Ime bank

maiteebalen (5)1674988477.jpg

कुलेश्वर अटो व्यवसायी संघका शक्ति दुवाडीले पार्किङ समस्याले आफूहरु गम्भीर समस्यामा परेको बताए । 

महानगरले विकल्प नदिइ सडक पार्किङ हटाउँदा पाँच महिनादेखि पसलमा बोहनीसमेत नभएको बताए । 

“बिनाविकल्प पार्किङ गर्न नदिँदा पाँच महिनादेखि व्यापार हुनै सकेको छैन । हामी कसरी बाँच्ने, कसरी राज्यलाई कर तिर्ने ? पसलको भाडा कसरी तिर्ने ? नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम आचार्यको जस्तो हालत यहाँ जो कोहीको पनि आउन सक्छ । हामी प्रत्यक्ष मारमा परेका छौँ । मेयर साहेब सच्चिनुस् !,” उनले याचना गरे । 

साँखु सडक विस्तार संघर्ष समितिले जनतालाई सुकुम्बासी बनाउन नहुने, उपत्यका प्राधिकरण खारेज गर्नुपर्ने र संस्कृति सम्पदा मास्ने विधेयक नचाहिने जस्ता मागहरु राखेका छन् । 

maiteebalen (3)1674988476.jpg

निजी जग्गामा डोजर चलाएर, बिनाविकल्प पार्किङ हटाउने, फुटपाथ व्यापार हटाउनेलगायतका गतिविधिले नागरिकलाई झनै समस्यामा पारेको उपत्यका सडक विस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायमीले बताए । 

उनले संविधानले सुनिश्चित गरेको अधिकार हनन गर्न नपाइने बताए । 

“दशैँको बेलामा व्यापारीक कम्पेलेक्सहरुमा डोजर चलायो । दुई महिना पर्खेको भए बालेनको के जान्थ्यो ? त्यतिबेलाको घाटा कसले बेहोर्ने ? संवेदनशील हुनुपर्दैन मेयरजस्तो पदमा बसेर ? व्यापारिक पसलहरुमा दशैँको बेलामा डोजर चलाएर के पायौँ त खोइ ?,” उनले भने । 

कुनै प्रयोजनका लागि निजी जग्गामा डोजर चलाउदा मुआब्जा दिनुपर्ने, अन्य प्रावधान लागु गर्नुपर्ने बेला डोजर आतंक मच्चाएर सम्पतिको अधिकार कुन्ठित गरेको सायमीले बताए । 

ऐतिहासिक खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ बनाउनुभन्दा पुराना गाडीहरु हटाउनु पर्ने, छुट्टै पार्किङ भवनहरु बनाउनुपर्ने सायमीको भनाइ छ । 

“संविधानले नागरिकको गास, बास र कपास ग्यारेन्टी गरेको छ । कोही मान्छे सडकमा त्यसै आउँदैन । आज बालेनलाई सचेत गराउन मात्रै यति गरेका छौँ । आजको अनुरोध भोली विद्रोहमा परिणत हुनसक्छ,” उनले भने । 

गत पुस २८ गते महानगरको नगरप्रहरीले वडा नम्बर ३१ शंखमूलमार्गस्थित अनमोल बैंङ्क्वेट रहेको सायल महर्जनको निजी जग्गामा डोजर चलाएको थियो । 

maiteebalen (4)1674988476.jpg

सायमीले सायलको घरमा मात्रै नभएर महानगरभित्रका सबै नागरिकको घर–घरमा डोजर चल्ने संकेत महानगरले देखाएको बताए । 

“पदमा बसेर यस्तो गैरजिम्मेवार हुन मिल्दैन । तपाईँ सच्चिनुस्, हामीले राम्रो काममा साथ दिएकै छौँ । पहिले सुचना दिइन्थ्यो । अहिले छापामार शैलीमा अपराधिक शैलीमा आक्रमण गर्ने प्रवृत्ति तपाईमा देखियो,” उनले भने, “हामीलाई सुविधा दिनु भएन भने ट्याक्स समेत तिर्न सक्दैनौँ । हाम्रो गरिखाने अधिकार खोसिएको छ ।” 

यी हुन् बालेनको डोजर एक्सनले निम्त्याएका विवादित कामहरु 

निजी जग्गामा डोजर चलाउने कदम 

गत पुस २८ गते महानगरको नगरप्रहरीले वडा नम्बर ३१ शंखमूलमार्गस्थित अनमोल बैंङ्क्वेट रहेको सायल महर्जनको निजी जग्गामा डोजर चलाएको थियो । 

माथिबाट आदेश आएको भन्दै बल प्रयोग गरेर नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे नेतृत्वले विनाप्रमाण डोजर चलाएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । 
 
नगरप्रहरी प्रमुख एसपी पाण्डेले ‘जवाफ चाहिने भए महानगर आउनू’ भन्दै अभिव्यक्ति दिए । तर महर्जन पटक–पटक महानगर पुगे पनि महानगरबाट कुनै प्रमाण पाउन सकेनन् । 

कानुनी राज्यमा आफूलाई न्यायको अनुभूति नभएसम्म महानगरविरुद्ध लडिरहने महर्जनले बताए । 

बिनाप्रमाण, बिनाआधार, बिनासूचना आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर डोजर आतंक मच्चाएको स्थानीयले बताएका छन् । 

maiteebalen (2)1674988474.jpg

महानगरको सो कदमविरुद्ध  माइतीघरमा प्रदर्शन गरिएको हो ।

खुलामञ्चमा बेसमेन्ट पार्किङ 

केही महिनाअघि खुलामञ्चमा ट्रिपल अण्डरग्राउण्ड पार्किङ बनाउने बालेनको निर्णयको चर्को आलोचना भयो । स्थानीयले बालेनलाई ध्याकर्षण गर्दै पुस १८ गते महानगर कार्यालयमा धर्ना प्रदर्शन समेत गरे । 

त्यसपछि सम्पदा संरक्षणकर्मी र स्थानीयले उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाए । त्यसपछि उपमेयर र मेयरले दिएको जवाफ नै बाझियो । 

खुलामञ्च महानगरको २८ नम्बर वडामा पर्छ । सम्बन्धित वडाध्यक्ष भाइराम खड्गीले पनि खुलामञ्च खुला नै राख्नुपर्ने भन्दै महानगरको निर्णयविरुद्ध अडान महानगरसँग जवाफ मागेका थिए । 

कात्तिक २९ गते मंगलबार मेयर बालेनको अध्यक्षतामा बसेको दशौँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल अन्डरग्राउन्ड पार्किङ’ निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । 

महानगरले खुलामञ्चमा पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना निर्माण गर्ने योजना अघि सार्दा उत्पन्न भएको विवाद जारी छ । 

आन्दोलित बागबजार र दरबारमार्गमा व्यवसायी 

गत मंसिर दोस्रो साता बागबजार क्षेत्रको पार्किङ एकाएक हटायो ।  एक लाइन पनि पार्किङ गर्न नदिएपछि मंसिर १५ गतेदेखि सो क्षेत्रका व्यवसायीहरु आन्दोलनमा उत्रिए । 

एक लाइन भए पनि पार्किङ गर्न पाउनुपर्ने माग राखे । तर माग सम्बोधन भएन ।  त्यस्तै लामो समयदेखि पार्किङ हुँदै आएको दरबारमार्ग क्षेत्रमा पनि महानगरले पार्किङ निषेध गरेको छ । 

सो क्षेत्रमा पार्किङ गर्न महानगरले विकल्प नदिदा व्यवसायमा धक्का पुगेको व्यापारीहरुले गुनासो गर्दै आएका छन् । 

महानगरले विकल्प दिनुपर्ने भन्दै लामो समयदेखि व्यापारी आन्दोलित छन् । 

फुटपाथ व्यापारीमाथि ज्यादती 

ठाउँ छुट्याएर सजिलैसँग फुटपाथ व्यापारीको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका बालेन एकाएक आक्रामक बने । व्यापारीलाई लखेटी–लखेटी नगरप्रहरीले ठेला जफत गर्दै आएको छ । 

maiteebalen (1)1674988474.jpg

तर महानगरले व्यवस्थापनबारे कुनै योजना ल्याउन नसक्दा बालेन विवादित बनेका छन् ।  मेयरलाई फुटपाथ व्यापारीले पटक–पटक ज्ञापनपत्र बुझाइसकेका छन् । तर पनि व्यापारीको माग सम्बोधन गर्न सकिएको छैन । 

‘न टुकुचा खोल्न सके, न बनाउन नै’ 

गत साउनमा महानगरको डोजर टुकुचा खोज्नतिर मोडियो । निजी जग्गाको पार्किङस्थलमा डोजर चलाएपछि करिब १२ फिटमूनि टुकुचा भेटियो । 

त्यसपछि चरणवद्ध रुपमा ३–४ ठाउँको कम्पाउण्डमा महानगरको डोजर चल्यो ।  निजी घरहरुमा पनि डोजर चल्यो । त्यसपछि स्थानीय घरधनीहरुले अदालतमा मुद्धा हाले । 

उत्खनन् गरिएको ठाउँमा वीर शमशेरको पालामा बनेको सुरुङ भेटियो ।  त्यसपछि बालेनको कदमको पुरातत्व विभागले अनुसन्धान गर्‍यो र संरक्षण गर्नुपर्ने निष्कर्ष निकाल्यो । 

टुकुचा खोज्ने बालेनको योजना हाल चौपट भएको छ ।  उनले न त टुकुटा खोल्न सकेन न त आफैँले बनाएको भ्वाङ टाल्न नै सके । 

व्यवस्थित नगर्ने प्रवृत्तिले नेतृत्वमाथि नै प्रश्न खडा भएको छ । 

सुकुम्बासीले नै महानगरलाई लखेटे

गत मंसिर १२ गते नगरप्रहरी टोलीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गर्यो । तर सुकुम्बासीलाई विस्थापित गरेको नगरप्रहरी आफैँ लखेटिनुपर्‍यो ।

सुकुम्बासीले नगरप्रहरीमाथि ढुंगामुढा गर्दा ३६ जना सुरक्षाकर्मीहरु घाइते भए । विकल्पबिना, दीर्घकालीन समाधानबिना आफूहरुको अधिकार खोस्ने प्रयास गरेको भन्दै सुकुम्बासी आन्दोलित बनेका छन् । 

राष्ट्रिय भूमि आयोग र बालेनबीच टकराब बढेको छ ।  साझेदार निकायबीच सहमति र सहकार्य नहुँदा सुकुम्बासी समस्या झन जटिल बन्दै गएको छ । 

बेसमेन्टमा डोजर चलाए, तर खुलाउन सकेनन् पार्किङ 

महानगरका मेयर बालेनले आफैँ मैदानमा उत्रिएर नक्सापासविपरीत बनेका बेसमेन्टमा डोजर चलाए ।  पार्किङ प्रयोजनको लागि नक्सापास भएका बेसमेन्ट सही प्रयोजनमा ल्याउनुपर्ने भन्दै अभियान नै चलाइयो । 

तर परिणाम भने दिन सकेनन् । काठमाडौं मल, अल्फाबिटा, लण्डन पब, आरके कम्प्लेक्सलगायतका ५० बढी व्यापारिक कम्प्लेक्समा डोजर चलाएपनि बेसमेन्ट पार्किङ प्रयोजनमा ल्याउन सकेका छैनन् ।  
सो अभियान अहिले अलपत्र बनेको छ । 

निजी जग्गामा पनि पार्किङ गर्न नक्सापास चाहिने 

पुस ३ गते आइतबार नगरप्रहरी टोली अनामनगरस्थित निजी जग्गामा पार्क गरिएका सवारीसाधन उठाउन पुग्यो ।

महानगरले आफ्नै जग्गामा पनि पार्किङ गर्न नदिएको भन्दै विवाद हुँदा स्थानीय, नरप्रहरी र ट्राफिक प्रहरीबीच झडपको स्थिति नै बन्यो ।

महानगरको ज्यादतीविरुद्ध नागरिकले नगरप्रहरीको सवारीसाधन लोड गर्ने गाडी चार घण्टा कब्जामा लिए । 

त्यसपछि महानगरका नगरप्रहरी प्रमखु एसपी राजुनाथ पाण्डेले निजी जग्गामा पार्किङ गर्न पनि नक्सापास हुनुपर्ने अभिव्यक्ति दिए ।

उनको अभिव्यक्तिलाई लिएर स्थानिय झनै आक्रामक बने । सो क्षेत्रका स्थानीय पनि मेयर बालेनदेखि असन्तुष्ट छन् । 

फोहोर व्यवस्थापनमै चुके बालेन 

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकै दिन गत जेठ १३ गते बालेन स्यानिटरी ल्यान्डफिल साइट बञ्चरेडाँडा र सिसडोल अनुगमनमा पुगे । 

विजय भएकै दिन फोहोर व्यवस्थापनस्थल ल्यान्डफिल साइट पुग्दा पीडित र उपत्यकाबासीले सकारात्मक रुपमा लिएका थिए । 

फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने बाचा गरे । तर बाचा दिएको केही दिनमा ललितपुरको एक कार्यक्रममा माला र खादा लगाए । 

सिडडोलमाथि काठमाडौंले अपराध गरेको भन्दै मेयरले अभिव्यक्तिसमेत बताए ।   त्यसपछि बञ्चरेडाँडा र सिसडोलका नागरिकले समेत सहयोग गर्ने बताएका थिए । 

त्यसपछि कुहिने र नकुहिने फोहोर छुट्याउनमा महानगरबासीका नाममा उर्दी जारी गरे । तर फोहोर व्यवस्थापनबारे दिएको आश्वासन असफल भयो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC