
सोल । दक्षिण कोरियाले फ्रेब्रुअरीको अन्त्यदेखि चीनबाट छोटो समयका लागि आउनेहरूमाथि प्रतिबन्धन लगाउने भएको छ । चीनको चान्द्रिक नयाँ वर्षको बिदा पछि त्यहाँ कोभिड–१९ को संक्रमण स्थिति भयावह हुनसक्ने चिन्ताका कारण सोलले यो कदम उठाउन लागेको हो ।
जनवरीको सुरुमै दक्षिण कोरियाले चीनस्थित आफ्नो कूटनीतिक नियोगबाट अधिकांश छोटो समयका भ्रमणका लागि भिसा जारी गर्न छोडेको हो । चीनमा कोरोना भाइरसको भयावह स्थितिलाई लिएर यो कदम चालिएको थियो ।
डिसेम्बरमा चीनमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बनाइएका नियमहरू फुकुवा गरिएपछि भाइरसको सम्भावित नयाँ म्युटेसनको चिन्ता बढेको छ । दक्षिण कोरियाले चीन, हङकङ र मकाओबाट आउने सम्पूर्ण यात्रुले आफुकहाँ पुग्नु ४८ घन्टा अघि कोराना परिक्षण नेगेटिभ भएको रिपोर्ट बुझाउनुपर्ने र आफ्नो भूमि टेक्ना साथ उनीहरूले पुन: स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधान बनाएको छ ।
जनवरी महिनामा अपनाइएको यस नीतिका कारण चीनले पनि दक्षिण कोरियालीहरूलाई छोटो समयको भ्रमणका लागि भिसा दिन बन्द गरेको थियो । यसले गर्दा चीनतर्फ ठूलो परिमाणमा वस्तु निर्यात गर्ने सोललाई व्यापार अवरुद्ध हुने चिन्ता लागेको हो ।
तैपनि शुक्रबार दक्षिण कोरियाको स्वास्थ्य निकायले अर्को महिना सम्मका लागि यो नीति लम्ब्याउने निर्णय गरेको हो ।
एपीबाट ।