site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा भारत ल्याउँदै 
Global Ime bank

नयाँदिल्ली । आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ । मध्यप्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा ती चितुवा राखिने छ । उक्त निकुञ्जमा हाल नामिवियाबाट ल्याइएका आठ वटा चितुवा छन् । 

भारत सरकारको चितुवा पुनः स्थापना गर्ने परियोजना कार्यान्वयन गर्न आगामी आठदेखि १० वर्षमा १०० वटा चितुवा भारत ल्याउने सहमति दक्षिण अफ्रिकासँग भएको छ ।

दक्षिण अफ्रिकाको वातावरण मन्त्रालयकाअनुसार चितुवा पुनःस्थापना भारत सरकारको प्राथमिकतामा परेको तथा स्थानीय समुदायको जीवन यापनमा राष्ट्रिय निकुञ्जमार्फत योगदान हुने भारतको अपेक्षा छ । सहमतिअनुसार दक्षिण अफ्रिकाले आगामी आठदेखि १० वर्षसम्म वर्षेनी १२ वटा चितुवा भारत पठाउने छ । रासस/ सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu