site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा चिनियाँ इन्जिनियरलाई आठ वर्ष कैद सजाय

वासिंगटन । अमेरिकामा जासुसी गरेवापत एकजना चिनियाँ इन्जिनियरलाई त्यहाँको अदालतले आठ वर्ष लामो काराबस सजाय सुनाएको छ । यो मुद्दा चीनले अमेरिकाको उड्डयन व्यापार गोपनीयता चोर्न खोजेको घटनासँग सम्बन्धित छ ।

अमेरिकी न्याय विभागका अनुसार ३१ वर्षीय इन्जिनियर जी चाओकुनले सम्भावित भर्तीका लागि वैज्ञानिक र इन्जिनियरहरुको पहिचान गरेका थिए । यूएस आर्मी रिजभ्र्समा पनि भर्ती भएका उनले भर्तीकर्ताहरुसँग झुठो बोलेका थिए ।

अमेरिकी सरकारी निकायहरुका अनुसार जीले चिनियाँ सरकारी गुप्तचरको एक प्रमुख इकाइको निर्देशनअनुसार काम गरेका थिए । गत सेप्टेम्बरमा उनलाई विदेशी जासुसको रुपमा काम गरेको तथा अमेरिकी सेनासमक्ष झुठा बयान दिएको अभियोगमा दोषी करार गरिएको थियो ।

अमेरिकी न्याय विभागले जारी गरेको एक विज्ञप्तिअनुसार जी एक दशकअघि अध्ययन भिसामा अमेरिका आइपुगेका बीबीसीले लेखेको छ ।

Global Ime bank

उनीविरुद्ध सम्भावित भर्तीका लागि आठजना व्यक्तिबारे चीनको जियाङ्सु प्रान्तको सुरक्षा मन्त्रालय (जेएसएसडी)लाई सूचना दिने गरेको अभियोग लगाइएको थियो ।

सुरुमा चीन र ताइवानबाट आएका ती आठै व्यक्ति अमेरिकी नागरिक भएको र तीमध्ये केहीले अमेरिकी रक्षा ठेकेदारको रुपमा काम गर्दै आइरहेको बताइएको छ । उनले सन् २०१६ मा अमेरिकी सेनामा भर्ती हुने क्रममा अन्तवार्तामा आफूले विगत सात वर्षदेखि कुनै पनि विदेशी सरकारसँग सम्पर्क नराखेको भनी झुठो बोलेको अमेरिकी अधिकारीहरुले बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  २२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu