site stats
बाह्रखरी :: Baahrakhari
देश
आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारका क्रममा मृत्यु 
फाइल तस्बिर
Global Ime bank

काठमाडौं । आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख किरण नकर्मीले आज बिहान ५ बजे आचार्यको मृत्यु भएको जानकारी दिए । 

मंगलबार नयाँबानेश्वरस्थित संसद् भवनअगाडि इलामका ३६ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाहअगाडि सामाजिक सञ्जाल फेसबुकमा ‘सुसाइड नोट’ लेखेका थिए । व्यापार व्यवसायमा असफल भएपछि आफूले आत्मदाह गर्ने निर्यणमा पुगेको उनले उक्त स्टाटसमा खुलाएका छन् । 

आत्मदाहको प्रयासपछि उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । आफैँमाथि पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका उनको ८० प्रतिशत शरीर जलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu