site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निजी जग्गामा किन डोजर चलाएको ? महानगरले दिन सकेन जवाफ !

काठमाडौं । शंखमूलस्थित साहेल महर्जनको निजी जग्गामा काठमाडौं महानगरको नगरप्रहरीले बिनाप्रमाण डोजर चलाएपछि उनी प्रमाण माग्दै बागदरबार पुगेका छन् । डोजर चलाउने बेला नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले 'प्रमाण चाहिए महानगर कार्यालयमा आउनू' भनेका थिए । 

तर, महानगरका कार्यालय धाउँदा पनि साहेलले निजी जग्गामा डोजर चल्नुको कारण पाएका छैनन् । उनको १२ रोपनी जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित शंखमूलमा छ । 

नगरप्रहरीले सडक चौडा गर्नुपर्ने भन्दै गत पुस २८ गते नगरप्रहरीले जग्गा घेरबार गरेको पर्खालमा डोजर चलाएको थियो । साहेलले त्यतिबेला डोजर रोक्न पनि खोजेका थिए । तर नगरप्रहरीले माथिको आदेश आएको भन्दै जबरजस्ती पर्खाल भत्काइदिएको थियो । 

Dabur Nepal
NIC Asia

जग्गाधनी साहेलले नगरप्रहरीसँग पर्खाल भत्काउनुको कारण र प्रमाण मागेका थिए । तर, नगरप्रहरी प्रमुख एसपी पाण्डेले 'प्रमाण चाहिने भए महानगर कार्यालय जानू' भन्दै जवाफ दिएका थिए । 

एसपी पाण्डेको जवाफपछि उनी बागदरबार पुगे । कार्यालयले प्रमाण उपलब्ध गराउन नसकेपछि उनले मेयर बालेन शाहलाई भेट्ने खोजे । तर, बालेनले भेट गरेनन् । 

“एसपी पाण्डेले भनेअनुसार बुवा र आफन्तसँग महानगर कार्यालय पुगेका थियौँ । कार्यालयबाट कुनै पनि प्रमाण पाएनौँ । त्यहाँका कर्मचारीहरूले सबै प्रमाण राजु पाण्डेले बोकेर हिडेको छ भन्दै जवाफ दिए । त्यसपछि बालेनलाई भेट्न गएँ । तर उनले भेट्न मानेनन,” पीडित साहेलले भने ।

नगरप्रहरी बलको नेतृत्व गरिरहेका एसपी पाण्डेले गम्भीर लापरबाही गर्ने गरेको साहेलको आरोप छ । नगरप्रहरीको नेतृत्व सम्हालेका नगरप्रहरी एसपी प्रमाणसहित फिल्डमा नआउँदा आफूले महानगरबाट आधिकारिक प्रमाण नपाएको उनले बताए । 

“महानगरको एसपीजस्तो पदमा रहेर त्यस्तो गैरजिम्मेवार जवाफ दिने हो । निजी जग्गामा डोजर चलाउँदा प्रमाण साथमा हुनुपर्छ कि पर्दैन ? कानुनी राज्यमा बसेर यसरी नेतृत्व तहले नै स्थानीयको निजी सम्पत्तिमाथि डोजर चलाएर विचलित बनाउने हो ? गैरजिम्मेवार विवादित एसपीको जवाफबारे कसले बोलिदिने ?,” उनले भने ।

पीडित साहेलका अनुसार महानगरको डोजर चलाएको जग्गा उनकी आमाको नाममा छ । महानगरबाट प्रमाण नपाएपछि साहेलले महानगरसमक्ष लिखित निवेदनसमेत पेस गरेका थिए । तर, उनले निवेदनको पनि जवाफ पाएका छैनन् । 

महानगरले दलालहरूसँगको मिलेमतो गरेर निजी जग्गामा हत्याउने प्रयास गरेको उनको आरोप छ । बिना प्रमाण निजी जग्गामा डोजर चलाएको भन्दै उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिले माघ १५ गते माइतीघर मण्डलामा आन्दोलन गर्ने तयारी गरेको छ । 

नगरप्रहरीले एकतर्फी मात्रै साइट क्लियर गरेकाले स्थानीय झनै आक्रोशित भएका छन् । 

समितिका संयोजक सुमन सायमीका अनुसार निजी जग्गामा डोजर चलाउने बालेनको कदमविरुद्ध साहेलको न्यायका लागि शान्तिपूर्ण प्रर्दशन गरिनेछ । महानगरले स्थानीयमाथि गरेको ज्यादती सम्पत्तिको हकविपरीत रहेको पनि उनले बताए । 

०४६ सालमा गाइडेड लाइन डेभलपमेन्ट (जीएलडी) अन्तर्गत सो क्षेत्रमा सडक विस्तार गर्ने योजना बनाइएको थियो । तर, जीएलडी लागु गर्ने अधिकार महानगरपालिकाको क्षेत्रधिकारभित्र नपर्ने सायमीको भनाइ छ । उनका अनुसार आफैँ दुई–तीन वर्षमै जीएलडी निष्क्रिय भएर जाने हुन्छ । 

बिनाप्रमाण, बिनाआधार, बिनासूचना आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर महानगरले डोजर आतंक मच्चाएको स्थानीयको आरोप छ । 

तर, नगरप्रहरी प्रमुख एसपी पाण्डे महानगरको निर्णय अनुसार नै आफूहरूले साइट क्लियर गरेको दाबी गर्छन् । आफूहरूले प्रमाणसहित सो क्षेत्रमा काम गरेकाले महानगरको कुनै पनि गल्ती नरहेको दाबी नगरप्रहरी बलको छ ।

“जीएलडी प्रक्रिया अन्तर्गत नै साइट क्लिएर गरेका हौँ । हाम्रो कुनै रिसइबी होइन,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro