बाह्रखरी फोटो
काठमाडौं । माघे सक्रान्तिको अवसरमा नुवाकोट र रसुवाको संगमस्थल ऐतिहासिक बेत्रावती बजारमा गोरु जुधाइएको छ ।
बेत्रावती बजारमा २०६७ सालदेखि गोरु जुधाउन थालिएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डंमेलले बताए । उनका अनुसार यसपटक नौ हल गोरु जुधाइएको छ ।
गोरु जुधाइएको हेर्नका लागि नुवाकोट, रसुवा, धादिङ र राजधानी काठमाडौंसमेतबाट हजारौँ दर्शक उपस्थित थिए ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १७:२६
प्रतिक्रिया दिनुहोस्