site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डलाई भारत, चीन र अमेरिकाले दिएको शुभकामना सन्देशको मूल अर्थ के हो ?

काठमाडौं । भारतीय प्राध्यापक महेन्द्र पी लामाले कूटनीतिबारे एक रोचक प्रसंग सुुनाउँदै एउटा कार्यक्रममा भनेका थिए, “लुगाको पनि कूटनीति हुँदो रहेछ । नेपालका पूर्वराजदूत भेखबहादुर थापा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टको कार्यकालमा पहिलोपटक अन्य दुईजनासहित चीन जानुभएको थियो । एयरपोर्टमा पुग्नासाथ चीनका नेता माओत्सेतुङ र चा उन लाई दुवै जना उहाँहरुलाई लिन आउनुुभएको थियो । भेट्नासाथ ओभरकोर्ट, टोपी र पञ्जा दिएको देख्दा भेखबहादुुरजी छक्क पर्नुुभएछ । पछि एयरपोर्टबाट बाहिर निस्कने बित्तिकै त्यहाँ यति चिसो कि नेपालबाट लगाएर गएको कपडा पुग्दै नपुग्ने । त्यो लुगाको कूटनीति थियो । कूटनीति यति सानो कुराबाट सुरु हुँदो रहेछ ।”

भर्खरै निर्वाचन सम्पन्न भयो र अप्रत्याशित रुपमा नेपालमा वामपन्थी दलहरुको नेतृत्वमा सरकार गठन भयो । सो सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । पुस १० मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डलाई भारत र चीनले सोही दिन बधाई तथा शुभकामना सन्देश दिएका थिए । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोही दिन प्रचण्डलाई बधाई दिँदै दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन उनीसँग मिलेर काम गर्न तत्पर रहेको बताएका थिए । उनले ट्विट गर्दै “नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा @cmprachanda लाई हार्दिक बधाई छ । भारत र नेपालबीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु” लेखेका थिए ।

उनले प्रचण्डलाई नियुक्ति हुनासाथ शपथ ग्रहण अगाडि नै बधाई दिएका थिए ।

सोचनीय कुरा के हो भने मोदीले निवर्तमान सरकारको नेतृत्व गरेका शेरबहादुर देउवालाई निकै ढिलो मात्र शुभकामना दिएका थिए । देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि मात्र मोदीले बधाई दिएका थिए ।

यसैगरी, चीनले पनि प्रचण्डलाई नियुक्ति हुनासाथ बधाई तथा शुभकामना दिएको छ । चीनका कार्यवाहक राजदूत वाङ सिनले टेलिफोनमार्फत प्रचण्डलाई बधाई दिएका र चिनियाँ प्रधानमन्त्री ली खछ्याङको बधाई सन्देश सुनाउनुका साथै नेपाल–चीन सम्बन्ध र आपसी हितका विषयमा विचार आदान प्रदान गरेको दूतावासले ट्विटमार्फत जानकारी दिएको थियो । 

यता नेपालका लागि अमेरिकन राजदूत डीआर थम्प्सनले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको दोस्रो दिन ट्विट्मार्फत नै बधाई दिएका थिए । उनले भने, “प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ ।”

पाकिस्तान, बंगलादेशलगायतका मुलुकले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए । विशेषगरी, भारत, चीन र अमेरिकाले शपथ ग्रहणअघि नै वामपन्थी नेतृत्वको सरकारलाई शुभकामना दिनुलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वराजदूत भेखबहादुर थापा कसले अगाडि र पछाडि बधाई दियो भन्ने कुराले खासै अर्थ नराख्ने मत राख्छन् । नेपालको परराष्ट्र नीति के हो, त्यसैमा वर्तमान सरकार अडिग रहनुपर्ने उनको धारणा छ । भन्छन्, “हाम्रो नीति असंलग्न परराष्ट्र नीति हो । कसैको पक्ष नलिने । आफ्नो स्वाभिमानमा अडिग रहेर सकारात्मक दृष्टिकोण बोकी नेपालको हितमा लाग्नुपर्छ ।”

नेपालमा जुनसुकै विचारधाराको सरकार बने पनि एक न एक आरोप लाग्ने गरेको छ । प्रजातान्त्रिक विचारधाराको सरकार बने प्रो–इन्डिया र प्रो–अमेरिका तथा वामपन्थी विचारधाराको सरकार बने प्रो–चाइना । यस कुरालाई सम्बोधन गर्दै प्रचण्डले केही भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै भारत, चीन वा अमेरिकापरस्तको प्रश्नै नभएको स्पष्ट पारेका थिए । उनले वर्तमान सरकार नेपाली जनता र नेपालप्रति उत्तरदायी एवं जवाफदेही भएर काम गर्ने भन्दै प्रो–नेपालको लाइनमा अघि बढ्ने दाबी गरेका थिए ।

जानकारहरुका अनुसार भारत, चीन र अमेरिकाको बधाई सन्देशको अर्थ उनीहरुको सामरिक स्वार्थ हो । नेपालमा जो सरकार आए पनि उनीहरुको सामरिक स्वार्थलाई असर नपर्ने किसिमले दुई पक्षीय हितमा काम गर्नुपर्ने विज्ञहरुको राय छ । 

यसअघिको सरकार प्रो–अमेरिकाको दाग लागेकाले असंलग्न परराष्ट्र नीति कायम राख्ने, छिमेकीलाई विश्वासमा लिएर सन्तुलित सम्बन्ध राख्ने, बीआरआईअन्तर्गतका परियोजनाहरु अगाडि बढाउने, भारतसँगको सीमा समस्या सम्बोधन गर्ने र अग्निपथबारे निर्णय गर्ने, चीनले अघि सारेको सुरक्षासम्बन्धी कार्यक्रमको नीति तय गर्ने, चीनसँगको सीमा विवाद सुल्झाउने, एमसीसी सम्झौता कार्यान्वयन र एसपीपी सम्झौता नगर्दा चिडिएको अमेरिकासँग सौहार्द सम्बन्ध बनाउने, सार्कलाई ब्यूँताएर प्रभावकारी बनाउने र पूर्वाधार क्षेत्रमा आर्थिक लगानी भित्र्याउने जस्ता महत्वपूर्ण चुनौती वर्तमान सरकारलाई छ ।

बंगलादेशले चीन र भारतलाई सन्तुलनमा राखेर आज आफ्नो देश विकास गरेको छ । नेपालले पनि बंगलादेशबाट सिक्नुपर्ने जानकारहरु बताउँछन् ।

प्राध्यापक लामाले कूटनीतिको एउटा लेखमा कडा र नरम शक्तिबारे आफ्नो धारणा राखेका छन् । उनका अनुसार कूटनीतिमा कडा शक्तिले भत्काउने, थिच्ने, मिच्ने र कमजोर तथा साना राष्ट्रलाई निचोरेरै छाड्छ भने नरम शक्तिले देशलाई बनाउने, सपार्ने र मनै पग्लाइदिन सक्छ । उनका अनुसार आजको कूटनीतिमा नरम शक्ति व्यापकरूपमा प्रयोग हुन थालेको छ । नेपाललाई पनि यस्तै कूटनीतिको आवश्यकता छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro