site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘खुलामञ्च हाम्रो फोक्सो र मुटु हो, महानगरले जबरजस्ती गरे डोजरमा ‘घन’ बजार्छौँ’ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आज खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाउने मिति तय भएको थियो । सोहीअनुसार स्थानीय र अकुपाई टुँडिखेल अभियानको टोली बिहान ११ बजे महानगर कार्यालय पुग्यो ।

उनीहरुले करिब एक घण्टा पर्चा पम्प्लेटसहित आन्दोलन गरे । पर्चामा लेखिएको थियो, “खुलामञ्चलाई फर्केर हेर्दा पर्चाको तलपट्टी बीपी कोइराला, मदन भण्डारी, गणेशमान सिंह ।”

यसको अर्थ हो– २०३६ सालमा जनमत संग्रह भएपछि बीपी कोइरालाले पहिलोपटक खुलामञ्चमा जनसभा गराएका थिए । त्यसपछि २०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंहलगायतका नेताले खुलामञ्चमै सभा गर्थे । यसर्थ राजनैतिक परिवर्तनको ‘साक्षी’ खुलामञ्च हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आन्दोलनकैबीच महानगरका मेयर बालेनले माघ पहिलो सातासम्म स्थानीय र अकुपाई टुँडिखेलका अभियन्ताहरुलाई नभेट्ने खबर पठाए । लगत्तै महानगरकी उपमेयर सुनिता डंगोल गेटमै आइपुगिन् । त्यसपछि उपमेयरसँगै महानगरको बैठक कक्षमा स्थानीय, अकुपाई टुँडिखेलका अभियन्ता, महनगरका प्रमुख प्रशासकीय अधिकृत, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान लगायतको टोली बस्यो । 

अकुपाई टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले टुँडिखेल संरक्षण गर्नुपर्ने व्यहोरा सुनाए र अभियानका संयोजक विजय श्रेष्ठले उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाए । सोही क्रममा सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले २८ नम्बर वडाका वडाध्यक्षले पनि महानगरलाई पत्र काट्न लागेको जानकारी गराए । 

Royal Enfield Island Ad

“महानगरलाई खुलामञ्च छुनै दिन्नौँ । जबरजस्ती गरी डोजर चलाए ‘घन’ बजार्न बाध्य हुनेछौँ । महानगरले आफ्नो निर्णय फिर्ता लिनैपर्छ,” उनले भने, “कानुनी लडाइँ लड्न पनि पछि हट्ने छैनौँ ।”

त्यसपछि पूर्वरक्षामन्त्री प्रधानले खुलामञ्चबारे चर्चा गर्न थाले । भने, “पूर्खाले बनाइदिएको बसपार्क ठेकेदारको कब्जामा छ । धरहरा, सिंहदरबार, भ्युटावर, सञ्चयकोष भवन, कमलादीलगायतका ठाउँमा अन्डरग्राउन्ड पार्किङ गर्न मिल्ने विकल्प छन् । यी विकल्पमा छलफल नगरी किन खुलामञ्चमा पस्यो महानगर ? खुलामञ्च मास्नु हुँदैन । खुलामञ्चले दरबार हाइस्कुल, त्रिचन्द्र क्याम्पस, वीर अस्पताल, ट्रमा सेन्टरलगायत निकाय र जनताको साझा प्रतिनिधित्व गर्छ । खुलामञ्चमा पार्किङ बनाइहाले अस्तव्यस्त हुने पक्का छ । त्यहाँको धुलो धुँवाले अस्पतालका बिरामी र विद्यार्थीलाई गम्भीर असर पर्न जानेछ ।”

राजनितिक, सांस्कृतिक, सामाजिक र काठमाडौंको केन्द्रविन्दुमा रहेको खुलामञ्चको आफ्नै ऐतिहासिक महत्व रहेको उनले स्पष्ट पारे । प्रधानले भने, “महानगरले काठमाडौंका अन्य ठाउँमा नयाँ–नयाँ पार्क निर्माण गर्नुपर्ने हो । तर, खुम्चँदै आएको खुलामञ्च पनि मास्ने योजना बनेछ । यो दुर्भाग्य हो ।”

२०७२ सालको भुकम्प आउदा पनि यहाँका स्थानीय  खुलामञ्चको शरणमा पुगेको सन्दर्भ पनि प्रधानले सुनाए । त्यसपछि महानगरको तर्फबाट सुनिता डंगोलले यस विषयलाई महानगर संवेदनशील रुपमा लिएको बताइन् । 

“सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने कुरामा दुई मत छैन । पहिलो कुरा त्यहाँ  अन्डरग्राउन्ड पार्किङ निर्माण गर्न आवश्यकता हो कि होइन ? महानगरबाट सम्भाव्यता अध्ययन भइरहेको छ,” उपमेयर डंगोलले भनिन्, “यसमा जनताको मर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । जनताको मर्म बेगर काम भए यहाँहरुको आवाज म छँदै छु ।”

कात्तिक २९ गते मंगलबार मेयर बालेनको अध्यक्षतामा बसेको दशौँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल अन्डरग्राउन्ड पार्किङ’ निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । महानगरले खुलामञ्चमा पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना निर्माण गर्ने योजना अघि सार्दा विवाद उत्पन्न भएको हो । 

खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्न महानगरले सम्भाव्यता अध्ययन सुरु गरिसकेको छ । तर, स्थानीय र अकुपाई टुँडिखेल अभियानले कुनै पनि हालतमा पार्किङ बनाउन नदिने अडान लिएर महानगरविरुद्ध खबरदारीमा उत्रिएका छन् । 

अकुपाई टुँडिखेलका प्रवक्ता अधिकारीका अनुसार महानगरले पार्किङको डीपीआर प्रक्रिया रोकेर टुँडिखेलको अभिन्न अंग खुलामञ्चको महत्व बुझ्नुपर्ने बताए ।  उनले भने, “टुँडिखेलको एक अभिन्न अंग खुलामञ्च मात्रै बाँकी छ । यही खुलामञ्च पनि पटक–पटक अतिक्रमणमा परिसकेको छ । महानगरका युवा मेयर उपमेयरले यसलाई जोगाउनुपर्छ । त्यहाँ पार्किङ बनाउँदा भूमिगत जलभण्डार र स्वच्छ हावाको स्रोत खतम हुन्छ ।”

खुलामञ्च महानगरको २८ नम्बर वडामा पर्छ । सम्बन्धित वडाध्यक्ष भाइराम खड्गीले पनि खुलामञ्च खुला नै राख्नुपर्ने भन्दै महानगरको निर्णयविरुद्ध अडान लिएका छन् । खुलामञ्च जोगाउन आफू लागि परेको पनि उनले बताए । महानगरले आफूहरुसँग कुनै छलफल नै नगरेको बताए । 

“वडामा विज्ञ र सम्पदा संरक्षणकर्मीहरु पनि आइरहेका छन् । वडामा खबर गरिएको छैन । खुलामञ्च खुला नै हुनपर्छ,” वडाध्यक्ष खड्गीले भने, “यसमा विज्ञ र सम्पदा संरक्षणकर्मीहरु राखेर उनीहरुको राय सुझाव लिनुपर्छ । मेयर साहेबलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउन लागि परेका छौँ ।”

काठमाडौंको सवारी चाप घटाउन नलागेर महानगर निजी सवारी किन्न प्रोत्साहन गर्नतिर लागेको अभियानले जनाएको छ । अभियानले विभिन्न प्रश्न पनि खडा गरिदिएको छ ।

  • खुलास्थल भनेको सतहमाथि मात्र खुला भए पुग्छ भन्ने ठम्याइमा किन पुग्यो महानगर ?
  • महानगरको ध्यान सार्वजनिक सवारीलाई प्रोत्साहन गरेर सवारीको चाप घटाउन नलागेर किन निजी सवारी किन्न प्रोत्साहन गर्नेतर्फ गयो ?
  • किन सवारी जाम, प्रदुषण घटाउनको साटो बढाउनतर्फ लागिरहेको छ ?
  • नगर कार्यपालिकाको छेउमा रहेको ऐतिहासिक धरहरा क्षेत्रको नजिकै बन्दै गरेको पार्किङ एरियामा महानगरकोे ध्यान किन गएन ?
  • नजिकैको भ्यूटावरमा पार्किङ सुविधा बढाउनतिर किन ध्यान पुगेन ?
  • धरहरा क्षेत्रमा सञ्चय कोषको भवन र नेपाल एयरलाइन्स कर्पोरेसनको भवनसम्म पार्किङ्ग विस्तार हुने सम्भावनाको अध्ययन गर्नेतर्फ कामपाको ध्यान किन पुग्न सकेन ?
  • विकल्प हुँदाहुँदै प्राकृतिक रिचार्ज क्षेत्रलाई किन विनास गर्न खोजिँदै छ ?
  • किन जनताको करलाई अनाहकमा खर्च गर्न खोजिँदै छ ?

महानगरले खुलामञ्चको महत्व बुझ्न सके महानगरविरुद्ध जन्मिएका अनुत्तरित यी प्रश्नको जवाफ त्यहीँ हुने पनि अभियानले जनाएको छ । धेरै गन्तव्यमा जाने मुख्य सडकहहरुको मध्यभागमा खुल्लामञ्च पर्छ । खुलामञ्चमा पार्किङ गर्न सवारी छिर्दा र निस्कँदासमेत सवारी आवागमनमा असहज भएर ट्राफिक जाम अस्तव्यस्त बन्ने निश्चित रहेको स्थानीय बताउँछन् ।

खुलामञ्च सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चिएको अभियानले स्पष्ट पारेको छ ।

महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ बनाउन मिल्ने वा नमिल्ने भनी सम्भाव्यता अध्ययन सुरु भएको बताए । सम्भाव्यता अध्ययनले बनाउन योग्य भए बनाउने र बनाउन योग्य नभए नबनाइने पनि बताए । बनाउनै पर्ने भए सरोकारवाला निकाय सबैलाई ‘कन्भिन्स’ गराएर मात्रै काम अघि बढाइने लम्सालको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro