site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा ९० वर्षीया वृद्धाको हत्या : अरु शव हेर्न पुग्दा आरोपी ससुराली जाँदा खुल्यो पोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धाको हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ती छन् । उनी मृतक वृद्धा महिलाका छिमेकी हुन् ।

तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार मंसिर २२ गते वडा नम्बर–३ मा पर्ने जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको टाउकोमा गम्भीर चोट देखिएको थियो । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएको खुलेको थियो ।

हत्याको रहस्य नखुले पछि उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी गोविन्द पन्थी नेतृत्वको टोली खटिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

मृतक डिल्लीका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जग्गामा भएको टहरोमा बस्दै आएकी थिइन् । उनका श्रीमानको मृत्यु भइसकेको थियो ।

उनी सधैँजसो छोरीका घरमा खाना खान जाने गरेको र २० गते नगए पछि बालाजु प्रहरीमा हराएको उजुरी परेको थियो । उनी मंसिर २२ गते मृतावस्थामा फेला परेकी थिइन् । 

Global Ime bank

उनको नाममा करोडभन्दा बढी पर्ने जमिन रहेकाले सोही कारण हत्या गरिएको हुनसक्ने र घटनामा नजिकैका आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान थियो ।

अपराधी ससुराली गएपछि खुल्यो रहस्य
पछिल्लो एक सातासम्म प्रहरी अपराधीसम्म पुग्न सकेको थिएन । प्रहरीभित्र उनको सम्पत्तीका लागि आफन्तले नै हत्या गरेको हुनसक्ने प्रहरी अधिकारीको अनुमान थियो ।

२२ गते डिल्ली मृत अवस्थामा फेला परेपछि छिमेकी सबै घटनास्थलमा पुगे । तर, तीमध्ये एक छिमेकी नरेन्द्र भने श्रीमती र छोरा लिएर स्याङ्जामा रहेको ससुराली गएको सूचना प्रहरीले पायो । उक्त सूचना प्रहरीका लागि शंका गर्ने आधार बन्यो । ज्यामी काम गर्दै आएका नरेन्द्रमाथि शंका गर्ने अर्को आधार पनि प्रहरीले फेला पार्यो ।

घटनाको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीहरु भन्छन्, “उनले २१ गते गाउँमै एक महिलाको ५ सय उधारो तिरेका रहेछन् । उनी अहिले पर्दैन भन्दाभन्दै अरुको पैसा किन खाने भनेर दिएका रहेछन् । त्यो हाम्रा लागि बलियो क्लु बन्यो ।”

छिमेकको हत्या हुँदा उनी ससुराली गएको खबर पाएको प्रहरीले उनी त्यहाँ भए नभएको स्याङ्जा प्रहरीमार्फत जानकारी लियो । उनी ससुरालीमै भएको पुष्टि भएपछि प्रहरी टोलीले अनुसन्धान अगाडि बढायो ।

नरेन्द्र परिवारसहित काठमाडौं फर्किए । प्रहरीले उनलाई नियन्त्रणमा लियो । अनुसन्धानका क्रममा उनले हत्या आफै्र्रंले गरेको स्वीकार गरे ।

प्रहरीका अनुसार नरेन्द्रले २० गते डिल्लीलाई चिसापानी चप्पल कारखानामा राहत वितरण गरिरहेको सुनाएका थिए । डिल्लीले पनि राहत लिने चाहना व्यक्त गरिन् । डिल्लीले आफ्नो शारीरिक अवस्थताले राहत बोक्न नसक्ने र नरेन्द्रले बोकेर घरसम्म ल्याइदिए पैसा दिने बताइन् । नरेन्द्र तयार भए । नरेन्द्र र डिल्ली सँगसँगै घरबाट निस्किए । सोही क्रममा उनीहरु वडा नम्बर–३ मा पर्ने जंगलमा पुगे । त्यहाँ नरेन्द्रले डिल्लीलाई चुरोट खाने प्रस्ताव गरे । दुवैले चुरोट सेवन गरेपछि नरेन्द्रले डिल्लीले कम्मरको पटुकामा रुपैयाँ राखेको जानकारी पाएका थिए ।

अनुसन्धानमा संलग्न अधिकारीहरु भन्छन्, “डिल्लीले पैसा पटुकामा बाँधेर राख्छिन् भन्ने सबैलाई थाहा भएको रहेछ । सोही पैसाको लोभमा परेर नरेन्द्रले डिल्लीलाई पछारेका रहेछन् । त्यसपछि टाउको र गर्धनमा ढुङ्गा प्रहार गरी हत्या गरेका रहेछन् । हत्यापछि उनी डिल्लीसँग रहेको रुपैयाँ झिकेर घर फर्किए ।”

डिल्लीको पटुकामा ५० हजार रुपैयाँ रहेको खुलेको छ । प्रहरीले नरेन्द्रविरुद्ध कर्तव्यज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC