site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्यमन्त्री बन्ने दौड : सुरेन्द्रलाई विन्दुको चुनौती, महेन्द्रध्वज र भोजराजको आफ्नै दाबी
SkywellSkywell

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा २ (ख) बाट उमेदवार बनेका कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री भन्दै भोट मागिदिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिने पाण्डे यसअगाडि राष्ट्रियसभामा संसदीय दलको नेतासमेत थिए ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले फोन सम्पर्कमा भनेका थिए– प्रचण्ड, नारायणकाजी र देउवाले मलाई मुख्यमन्त्री बनाउने भनेर मौखिक सहमति जनाइसक्नुभएको छ ।

चुनाव जितेदेखि पाण्डे काठमाडौंमै छन् । प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सहित प्रदेशसभाका ६० मध्ये २७ सिट जितेको कांग्रेसको संसदीय दलको नेता सर्वसम्मत बन्न भने उनलाई गाह्रो छ ।

KFC Island Ad
NIC Asia

देउवा निकट भनिएपनि पाण्डेलाई देउवा खेमाकै अर्का नेता विन्दुकुमार थापाको सबैभन्दा बढी चुनौती छ । संसदीय दलको नेतामा दाबी गर्ने थापा गण्डकीका बहालवाला कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रीसमेत हुन् । देउवासँग सिधा सम्पर्क भएका थापालाई समेत बालुवाटारले संसदीय दलको नेताको आश्वासन दिएको छ ।

०७४ मा वाम गठबन्धनविरुद्ध एक्लै लड्दा प्रदेश राजधानी कास्कीमा कांग्रेसको साख उनै थापाले जोगाइदिएका थिए । अर्कातर्फ प्रदेशसभामा पनि संसदीय उपसमितिमा बसेर प्रदेशको नाम र राजधानी टुंगो लगाएको जस उनै थापाले पाएका छन् ।

Royal Enfield Island Ad

कास्की २ (ख) बाट दोहोर्‍याएर चुनाव जितेका थापा पाँच वर्षअघि नीतिगत रूपमा प्रदेश सरकारले काम गरेको अनुभवन र आगामी पाँच वर्ष पूर्वाधार, संरचना र विकासमा जोड दिने एजेन्डासहित चुनाव जितेका थिए । थापाकै ठाउँबाट पूर्वमन्त्री कांग्रेसका कुमार खड्काले आकांक्षा राखेपनि उनले टिकट भने पाएनन् ।

पार्टीलाई असहयोग गरेको भन्दै खड्कालाई तीन हप्ता अगाडि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरिदिएका थिए ।

उनीमात्रै होइन, मुख्यमन्त्रीमा इतर समूहबाट पनि दुईजनाको दाबी छ ।

खस आर्यको एक नम्बरमा बसेर पनि सांसद बन्न नपाएका कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको नाम लिएर नवलपुर १ (क) बाट निर्वाचित महेन्द्रध्वज जिसीले शर्मा नभएपछि आफू नै मुख्यमन्त्री बन्ने बताइरहेका छन् । उनी शशांक कोइराला निकट हुन् ।

संसदीय दलको नेताको चुनाव लड्ने भन्दै उनी शीर्ष नेता भेट्न काठमाडौंमा व्यस्त छन् । निर्वाचित सांसदमध्येमा सबैभन्दा सिनियर भएको उनको दाबी छ ।

पार्टीभित्र शेखर–गगन समूह र रामचन्द्र–शशांक समूहको साझा उमेदवारको रूपमा जिसीले आफूलाई प्रस्तुत गरेका छन् ।

मुख्यमन्त्री बन्ने आकांक्षा राखेका अर्का सांसद हुन भोजराज अर्याल । उनीपनि गत बुधबार नै काठमाडौं लागेका छन् । 

“म अहिलेको परिस्थितिमा निर्वाचित सबै सदस्यहरू जो हुनुहुन्छ, उहाँहरूको ब्याकग्राउन्ड हेर्दा पार्टीमा सबैभन्दा लामो समय काम गरेको म हुँ । अनुभवको आधारमा पनि र वरिष्ठताको आधारमा म योग्य उमेदवार हुँ भन्ने लागेको छ,” उनले भने ।

स्याङ्जा २ (क) बाट चुनाव जितेका अर्याल केन्द्रीय समितिमा भने एकपटक पनि प्रतिस्पर्धा गरेका छैनन् । 

यी चार जना नेताले संसदीय दलको मुख्यमन्त्रीमा दाबी गरिरहँदा संसद्भित्रको अंकगणित भने अर्कै छ ।

प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले उमेदवारी दिएका तीन ठाउँ गुमायो । पर्वत (ख) बाट ऋषिकेश तिवारी, कास्की १ (ख) बाट दीपक गुरुङ र स्याङजा १ (ख) बाट बुद्धिबहादुर राना (कुमार)ले प्रत्यक्ष चुनाव हार्दा एकल सरकार बनाउन सक्ने हैसियत कांग्रेसले गुमायो । माओवादीले प्रत्यक्षमा पाँच र समानुपातिकमा तीन गरी आठ सिट जितेको छ ।

सरसर्ती हेर्दा कांग्रेस र माओवादी गठबन्धनलाई सुविधाजनक बहुमत पुग्छ ।

त्यही देखेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने र संसदीय दलको नेता बन्न तीव्र दौडधुप चलिरहेको छ । तर, चुनाव भमा चारैजनाले चुनाव नलडी दुई समूहबाट दुई उमेदवार बन्दा कसले बढी मत पाउलान् त ?

गण्डकीका १८ प्रत्यक्ष सिटमा संस्थापन र इतर (पौडेल, शशांक, शेखर, गगन) पक्षका सांसद ९/९ जना छन्  । समानुपातिकका ९ सिटबाट सांसद बन्दा चाहिँ देउवा समूहसँग एक सांसद बढी छन् । अर्थात् चुनाव भएमा देउवा समूह एकमतले अगाडि छ ।

प्रत्यक्षमा चुनाव जित्नेमध्ये संस्थापन समूहमा बागलुङबाट द्रोणकुमार कुँवर, जित शेरचन (कृष्णप्रसाद सिटौला निकट), दीपेन्द्रबहादुर थापा छन् । कास्कीका विन्दुकुमार थापा, तनहुँका जीतप्रकाश आले (शंकर भण्डारी निकट), लमजुङका टकराज गुरुङ, मनाङका मुनिन्द्रजंग गुरुङ, गोरखाका सुरेन्द्र पाण्डे र स्याङजाका महेश भट्टराई देउवा निकट हुन् । समानुपातिकबाट आएका सांसदहरूमध्येमा चम्पादेवी खड्का, सरस्वती तिवारी, विमला गौचन, सरस्वती गुरुङ र दिलमाया पौ.वि. देउवा निकटका हुन ।

संस्थापनइतर समूह (गगन/शेखर/सशांक/पौडेल) बाट भने प्रत्यक्षमा मुस्ताङबाट विकल शेरचन र नाम्डु गुरुङ, बागलुङबाट डिल्लिराम सुवेदी, कास्कीबाट प्रकाश बराल, तनहुँबाट अशोककुमार श्रेष्ठ, लमजुङबाट भेषबहादुर पौडेल, गोरखाबाट नन्दप्रसाद न्यौपाने, नवलपुरबाट महेन्द्रध्वज जीसी र स्याङ्जाबाट भोजराज अर्यालले चुनाव जितेका छन् । समानुपातिकबाट यो समूहमा कल्पना तिवारी (कांग्रेस गण्डकी उपसभापति), रेखा गुरुङ, पार्वती तामाङ र टिकाकुमारी बस्याल सांसद बनेका छन् । 

यो अवस्थामा निर्वाचन भएको खण्डमा र सांसदहरू आ–आफ्नै समूहमा रहेको खण्डमा संस्थापन समूहसँग १४ र इतर समूहसँग १३ जना सांसद हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro