site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समानुपातिक सांसद चयनबारे गण्डकी राप्रपामा विवाद, पार्टी कार्यालयमा तालाबन्दी र तोडफोड
SkywellSkywell

पोखरा । समानुपातिक सांसद चयनबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद देखिएको छ । पोखरास्थित राप्रपाको प्रदेश कार्यालय र कास्की जिल्ला कार्यालयमा तालाबन्दी गरिएको छ भने प्रदेश अध्यक्ष पञ्चराम गुरुङको तस्बिरलाई तोडफोड गरी भुइँमा फ्याँकिएको छ ।

राप्रपाले समानुपातिक सांसदको सूची शनिबार अबेरमात्रै तय गरेको थियो । प्रतिनिधिसभा र अन्य ६ प्रदेशमा समानुपातिक सांसद बन्नेहरूको नाम टुंगिसक्दा पनि गण्डकी प्रदेशसभामा कसलाई पठाउने भन्ने विषयलाई लिएर उपाध्यक्ष र महामन्त्रीका बिचमा चर्काचर्की नै पर्‍यो ।

अघिल्लो निर्वाचनको तुलनामा राप्रपाले यसपटक चार गुणा मत बढाएर प्रदेश समानुपातिकमा झन्डै ६० हजार मत पाएको छ । यो मतबाट राप्रपाले गण्डकीमा दुई सांसद पाएको छ ।

KFC Island Ad
NIC Asia

एउटामात्रै सांसद पाएको खण्डमा महिला र गण्डकीमा चाहिँ जनजाती क्लस्टर अगाडि भएकाले नवलपुरबाट सुशिलादेवी सापकोटा (थापा) सांसद बन्ने सम्भावना थियो । तर, गण्डकीमा राप्रपाले दुई सिट पाउँदा प्रदेश अध्यक्ष पञ्चराम गुरुङको 'इन्ट्री' भयो । जसले गर्दा सुशिलादेवी पनि बाहिइरिन् । उनको ठाउँमा विन्दु पहाडी भित्रिइन् । खस आर्यबाट महिलालाई राख्दा खस आर्यकै पुरुषतर्फको एक नम्बरमा रहेका गोविन्दराज खनिया पनि बाहिरिए ।

राप्रपामा विवाद हुनुको मुख्य कारण नै यही हो । एउटामात्र सिट पाउँदा जनजाती महिलातर्फबाट सांसद बन्ने भएपनि दुईवटा सिट पाउँदा चलखेल भयो ।

Royal Enfield Island Ad

राप्रपाका महामन्त्री धवलशमशेर राणा समानुपातिकको बन्दसूची अनुसार नै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । बन्दसूची अनुसार आदिवासी जनजातीकातर्फबाट महिला आउँदा खस आर्यबाट पुरुष सांसद बन्नुपर्ने थियो । तर, आदिवासी जनजातीबाट पुरुष सांसद र खसआर्यबाट महिलालाई अगाडि बढाउन खोजेपछि राणा र राप्रपाका मनोनित उपाध्यक्ष हेमजंग गुरुङबिच चर्काचर्की नै हुन पुगेको थियो ।

समानुपातिकबाट सांसद छान्न नवलपुर र कास्कीबाट राप्रपाको टोली डेलिगेसनसमेत गएको थियो । राप्रपाले पाएको झन्डै ६० हजार मतमध्ये कास्कीबाट १७ र नवलपुरबाट १८ हजार मत पाएको थियो ।

सांसद चयन गर्दा यी दुई जिल्लाबाट गर्नुपर्ने भन्दा दबाब दिन यी जिल्लाबाट डेलिगेसन गएतापनि राप्रपा उपाध्यक्ष हेमजंग गुरुङको अडानका कारण उनका भान्जा पञ्चराम गुरुङ सांसद बनेको आरोप लागेको छ । उपाध्यक्ष मनोनीत हुनुअगाडि हेमजंग गण्डकीका अध्यक्ष थिए । उनले नै आफ्ना भान्जा पञ्चरामलाई अध्यक्षको पत्र थमाएको राप्रपाका कार्यकर्ताहरूको आरोप छ । पञ्चराम गुरुङ स्याङ्जाका हुन् । आफ्ना भान्जाका लागि अडान लिएका हेमजंग र महामन्त्री राणाबीच यही विषयमा विवाद भएको थियो ।

त्यसअगाडि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वयमले गण्डकीका ११ जिल्लाकै राप्रपाका अध्यक्षहरूलाई टेलिफोन गरि सांसदमा कसलाई अगाडि भनेर सुझाव पनि लिएका थिए । ११ जिल्लामध्ये ८ जिल्लाका अध्यक्षहरूले खसआर्यबाट गोविन्दराज र आदिवासी जनजाती महिलाबाट सुशिलादेवी थापालाई नै बन्दसूचीको क्रमअनुसार अगाडि बढाउन सुझाव दिएका थिए ।

“उक्त सुझावको पनि बेवास्ता गरियो । विधि र पद्धतिलाई मानिएन,” एक सदस्यले भने ।

उनले उपाध्यक्ष हेमजंगले विधानविपरीत सचिवालय पनि चलाइरहेको आरोप लगाए । 

“महामन्त्रीहरूमध्येबाट नै एकजनाले हो सचिवालय हेर्ने, तर विधान नै मिचेर सचिवालयमा पनि उपाध्यक्ष हाबी हुनुभएको छ । अन्यत्र कहीँ विवाद नभएतापनि गण्डकीमा आफ्ना नातेदारलाई ल्याउन उहाँले अड्डी कस्नुभयो, यसले राप्रपाका अन्य इमानदार कार्यकर्ताहरूमा नकारात्मक सन्देश गएको छ ।”

यता, कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका छन् । 

कास्कीका नारायण गुरुङ, सुनिता केसी, वरुणविक्रमण राणासहित पाँचजना बन्द सूचीमा थिए ।

“सबैभन्दा बढी मत ल्याउने जिल्लालाई छाडेर अन्यत्रका व्यक्तिलाई सांसद बनाएको भनेर विरोध भएको हो,” राप्रपा कास्की प्रवक्ता अरूण गिरीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २१:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro