site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्याङ्जाको एउटै वडाबाट दुई दिदीबहिनी सांसद निर्वाचित

पोखरा । समानुपातिक निर्वाचन प्रणालीबाट दलहरुले आफ्ना उमेदवारमध्येबाट सांसद चुन्दा स्याङजाको एउटै वडाका दुई दिदीबहिनी सांसद बन्न पुगेका छन् ।

शनिबार दलहरुले सांसदको सूची टुंग्याउँदा स्याङजाको वालिङ नगरपालिका ८ बाट नातामा दिदीबहिनी पर्ने सरस्वती अर्याल तिवारी र कल्पना तिवारी सांसद बनेका हुन् । यी दुवैजनालाई कांग्रेसले गण्डकी प्रदेशको सांसद बनाएको हो । 

दुवैजना खसआर्य महिला क्लष्टरबाट सांसद बनेका हुन् । खसआर्य महिलातर्फको एक नम्बर सूचीमा रहेकी सरस्वती अर्याल र तीन नम्बरमा रहेकी कल्पना दुवै ४७ वर्षका हुन् ।

सरस्वती १४ औँ महाधिवेशनमा कांग्रेसकी केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् भने कल्पना कांग्रेसको गण्डकी प्रदेश उपसभापति समेत हुन् ।

दुवैले सँगै राजनीति सुरु गरे पनि ०६४ सालमा हालको संस्थापन समूहबाट सरस्वतीको नाम समानुपातिक सूचीमा परेको थियो । त्यसयता उनी सोही समूह (देउवा)मा लागिन् । 

०७४ को स्थानीय तह निर्वाचनमा वालिङ नगरपालिकाको उपमेयर बनेकी कल्पना भने इतर समूहकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro