site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मित्रलाल बस्यालले गर्नेछन् गण्डकी प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता

पोखरा । प्रदेशसभाको पहिलो बैठक कहिले बस्छ भन्ने टुंगो छैन । कारण, दलहरूले निर्वाचन आयोगलाई समानुपातिक सांसदको सूची पठाएका छैनन । निर्वाचन आयोगले निर्वाचित सांसदहरूको नाम ज्येष्ठ सदस्यको नाम प्रदेशसभालाई लेखेर पठाएपछि मात्रै शपथ ग्रहणको प्रक्रिया सुरु हुन्छ ।

संविधानको धारा १८३ (१) मा भनिएको छ, “प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नेछ । त्यसपछि यस संविधानबमोजिम प्रदेश प्रमुखले समय समयमा अन्य अधिवेशन आह्वान गर्नेछ ।”

अन्तिम मतपरिणाम आइसकेपनि आयोगले पठाएको ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउनेछन् भने बाँकी सदस्यलाई ज्येष्ठ सदस्यले शपथ खुवाउनेछन् । निर्वाचन आयोगले २६ गतेसम्म निर्वाचन प्रक्रियाका सबै कार्यक्रम सकिने जनाएको छ ।

आयोगको भनाइलाई आधार मान्दा त्यसको २० दिन अर्थात् पुसको दोस्रो हप्ताभित्रै प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गर्ने सम्भावना छ । प्रदेशसभाको ज्येष्ठ सदस्य को हुन र कसले गर्लान् त पहिलो बैठकको अध्यक्षता ?

समानुपातिकतर्फका उमेदवारको टुंगो नलागेपनि उमेरको हिसाबले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले नै पहिलो बैठकको अध्यक्षता गर्नेछन् । निर्वाचन आयोगको वेबसाइट अनुसार गण्डकीमा प्रत्यक्ष निर्वाचित ३६ प्रदेशसभा सदस्यमध्ये कास्कीका विन्दुकुमार थापा र पर्वतका मित्रलाल बस्यालको उमेर एउटै छ ।

कास्की २ (ख) बाट चुनाव जितेका कांग्रेसका थापा र पर्वत (ख) बाट चुनाव जितेका बस्याल दुवैको उमेर समान ६५ वर्ष छ ।

यी दुइमध्ये बढी उमेर हुनेले नै पहिलो बैठकको अध्यक्षता गर्नेछन् ।

नागरिकतामा उल्लेख भएको जन्ममिति अनुसार गण्डकीको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकको अध्यक्षता मित्रलाल बस्यालले गर्नेछन् । कारण, उनी ६५ वर्षका अर्का प्रदेशसभा सदस्यभन्दा दुई दिनले ज्येष्ठ छन् । यी दुवै प्रदेशसभा सदस्यहरूको जन्ममितिमा जम्मा दुई दिनको मात्र फरक छ ।

बस्याल २०१४ साल भदौ ५ गते जन्मिएका हुन् । थापा पनि सोही वर्ष, सोही महिनाको ७ गते जन्मिएका हुन् ।

अघिल्लो निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरूमध्ये नवलपुर २ (ख)बाट निर्वाचित जनकलाल श्रेष्ठले पहिलो बैठकको अध्यक्षता गरेका थिए । उनी त्यतिबेला ६७ वर्षका थिए ।

१५ दिनमा सभामुख र उपसभामुखको निर्वाचन
प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १८२ मा भनिएको छ, “प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रदेशसभाका सदस्यहरूले आफूहरूमध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro