site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्य नेपाल काठमाडौं ओपन : रविलाई उछिन्दै भुवन शीर्षस्थानमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लगातार दुई दिनसम्म अग्रता बनाउन सफल रवि खड्काले तेस्रो दिन ९–ओभर ७७ स्कोरको खराब प्रदर्शन गरेपछि सूर्य नेपाल गल्फ टुरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनमा बिहीबार भुवन नगरकोटी शीर्ष स्थानमा उक्लिएका छन् । 

दुई दिनसम्म दोस्रो स्थानमा रहेका भुवनले तेस्रो दिन १–अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०–अन्डर १९४ अंक सहित शीर्षस्थानमा उक्लन सफल भएका हुन् । दुई दिनसम्म अग्रस्थानमा रहेका रविले बिहीबार बिर्सनलायक प्रदर्शन गरेपछि प्रतियोगिताको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । तेस्रो दिनको समाप्तिमा भुवनको उपाधि सम्भावना बलियो देखिएको छ । 

भुवनले अन्तिम १८ होलको खेल बाँकी हुँदा नेपालका नम्बर एक शुक्रबहादुर राई र रविलाई नौ स्ट्रोकले पछि पारेका छन् । तेस्रो दिन १–अन्डर ६७ को स्कोर गरेका शुक्र र रवि दुवैजना समग्रमा १–अन्डर २०३ को स्कोरसहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

३६ होलको समाप्तिमा भुवन एक स्ट्रोकले पछि थिए । तेस्रो दिन १–अन्डर ६७ को स्कोर बनाउँदा पनि भुवनले शीर्ष स्थानमा ९ स्ट्रोकको अग्रता बनाउन सफल भए । बिहीबार दोस्रो होलमा बोगी खेपेका भुवनले चौथो र आठौँ होलमा बर्डी खेल्न सफल भएपछि फ्रन्ट नाइन १–अन्डर ३३ को स्कोरमा सकाएका थिए । त्यसपछि १२, १३ र १७औँ होलमा एक–एक सट बचाएका भुवनले १०, १५ र १८औँ होलमा बोगी खेलेपछि ब्याक नाइन इभन–पार ३४ को स्कोरमा सकाएका थिए । 

रविले बिहीबार दोस्रो, चौथो, छैटौँ र नवौँ होलमा बोगी खेल्दै फ्रन्ट नाइन ४–ओभर ३८ मा पूरा गरेका थिए । त्यसपछि १० र १८ औँ होलमा डबल बोगी खेपेका रविले ११ र १६ औँ होलमा पनि एक–एक सट खेर फाले । १३ औँ होलमा एक सट बचाए पनि रविले ब्याक नाइनमा ५–ओभर ३९ को स्कोर गरेका थिए । 

Global Ime bank

शुक्रले १–अन्डर ६७ को नतिजासहित दोस्रो स्थानमा उक्लनेक्रममा फ्रन्ट नाइन २–अन्डर ३२ मा पूरा गरे । उनले पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । ब्याक नाइनको सुरुवातमा नै डबल बोगी प्रहार गरेका शुक्रले १३ औँ होलको बर्डीले १–ओभर ३५ को स्कोरमा ब्याक नाइन पूरा गर्न सफल भएका थिए ।

धनबहादुर थापा, दिनेश प्रजापति र कृष्णमान राजबाहक समग्रमा १–ओभर २०५ स्कोरका साथ संयुक्त रूपमा चौथो स्थानमा छन् । धनले ३–अन्डर ६५, दिनेशले २–अन्डर ६६ र कृष्णमानले इभन–पार ६८ को स्कोरमा तेस्रो दिनको खेल सकाएका थिए । तेस्रो दिन ३–ओभर ७१ को स्कोर गरेका प्रदीपकुमार लामा समग्रमा ३–ओभर २०७ स्कोरसहित सातौँ स्थानमा छन् । रमेश अधिकारी र सुर्यप्रसाद शर्माले समग्रमा ४–ओभर २०८ को स्कोरसहित संयुक्त रूपमा आठौँ स्थानमा छन् ।  

एमेच्योरतर्फ समग्रमा ११–ओभर २१५ को स्कोरसहित अजित बिके अग्रता कायमै छ । उनले बिहीबार ५–ओभर ७३ स्कोर गरेका थिए । समग्रमा २३३ अंक जोडेका प्रज्वल गुरुङ दोस्रो स्थानमा छन् । 

कुल ६ लाख ७० हजार पुरस्कार रकम रहेको प्रतियोगिताको विजेताले एक लाख १६ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् । उपविजेता खेलाडीले ७४ हजार तथा तेस्रो हुनेले ६३ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट २१ भित्र पर्न सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC