site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
तालिवान सत्तामा फर्केपछि दियाे पहिलो सार्वजनिक मृत्युदण्ड
Sarbottam CementSarbottam Cement

काबुल । गतवर्ष पुनः अफगानिस्तानको सत्तामा आएको कट्टरपन्थी इस्लामिक समूह तालिवानले पहिलो सार्वजनिक मृत्युदण्ड कार्यान्वयन गरेको छ । 

हत्या अपराध स्वीकारेका ताजमिर नामक पुरुषलाई दक्षिण–पश्चिमी फराह प्रान्तको खेलकुद रंगशालामा उपस्थित भीडसामु मृत्युदण्ड दिइएको तालिवान सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

दर्जनौँ तालिवान नेतालगायत सरकारमा रहेका वरिष्ठ मन्त्रीहरू ताजमिरलाई फाँसी दिइँदा उपस्थित भएका थिए । तालिवान सरकारले न्यायाधीशहरूलाई इस्लामिक कानुन ‘सरिया’लाई पूर्ण रूपमा कार्यान्वयन गर्न आदेश दिएको केही सातापछि यसरी अपराधिलाई मृत्युदण्ड दिइएको हो । 

तालिवानका सर्वोच्च नेता हाइवातुल्लाह आखुन्दजादाले गत महिना न्यायाधीशहरूलाई सार्वजनिक मृत्युदण्ड, सार्वजनिक स्थलमा अंगभंग र ढुंगाले हिर्काएर अपराधिलाई मार्ने जस्ता संजाय सुचारु गर्न आदेश सहितको एउटा घोषणापत्र जारी गरेका थिए । 

Global Ime bank

तर, तालिवान सरकारले कुन अपराधलाई कस्तो सजाय दिने भनी अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन । 

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन चलाउँदा पनि यस्तै कडा रबैयाका कारण बदनामी कमाएका तालिवानले गतवर्ष सत्ता सम्हाल्नसाथ आफूले उदार नीति अपनाउने प्रतिबद्धता जनाएको थियो । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  २२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC