site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक मनाङे नेकपा एसमा प्रवेश

पोखरा । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । 

मनाङ (ख) बाट निर्विरोध निर्वाचित मनाङेलाई सत्ता गठबन्धन र नेकपा (एमाले)ले आफ्नो पक्षमा ल्याउनको लागि उमेदवार नै उठाएका थिएनन् । अन्ततः स्वतन्त्र निर्वाचित भएका मनाङे एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले विज्ञप्ति जारी गर्दै उनले आफू एकीकृत समाजवादी प्रवेश गरेको उल्लेख गरेका छन् । मनाङेले समाजवादी प्रवेश गर्दैै आफू गठबन्धकै पक्षमा रहेको पनि प्रष्ट पारेका छन् ।

एकीकृत समाजवादीमा प्रवेशसँगै मनाङे पार्टीबाट गण्डकी प्रदेशमा प्रत्यक्षतर्फका एकमात्र सांसद भएका छन् । गठबन्धनको भागबण्डामा समाजवादीले नवलपुर २ (ख) पाएको थियो । त्यहाँबाट उमेदवार बनेका गोपाल खनाल एमालेका लक्ष्मण पाण्डेसँग पराजित भएका थिए ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro