site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फको नतिजा : कम्युनिस्टहरू खुम्चिँदा कांग्रेसले जित्यो तेब्बर सिट

पोखरा । स्याङजा २ (ख) को शनिबार साँझ सार्वजनिक मतपरिणामअनुसार कांग्रेसका महेश भट्टराईको विजयसँगै गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फका ५० प्रतिशत सिट जित्न सफल भएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनबाट २१ ठाउँमा उमेदवारी दिएको कांगे्रसले पर्वत (ख), कास्की १ (ख) र स्याङजा १ (ख) मा भने पराजय व्योहोर्न पुग्यो । गठबन्धनबाट सबैभन्दा बढी लाभ कांग्रेसले लिए पनि गठबन्धनका अन्य दल नेकपा (माओवादी केन्द्र)का धेरै उमेदवार भने पराजय व्योहोर्न बाध्य भए । 

नेकपा (एकीकृत समाजवादी)का उमेदवारले जित हासिल गर्न सकेनन् । नवलपुर २ (ख) मा उमेदवारी दिएका समाजवादीका गोपाल खनालले पराजय व्योहोर्न पुगे ।

मनाङ (ख) मा युवा तथा खेलकुदमन्त्री दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भए । १३ ठाउँमा उमेदवारी दिएको माओवादीले पाँचवटा मात्र सिट जित्न सफल रह्यो । 

नेकपा (एमाले)ले भने १२ ठाउँमा जितेको छ । एमालेले गठबन्धनबाट माओवादीका उमेदवार रहेका आठ, कांग्रेसका तीन र समाजवादीका एक उमेदवारलाई पराजित गरी १२ सिट जित्न सफल रह्यो । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले यसपटक पाँच सिट गुमायो ।

अघिल्लोपटक प्रत्यक्षमा नौ सिट जितेको माओवादी पाँच दलीय गठबन्धनको बाबजुद पाँच सिटमा खुम्चिन पुग्यो । अघिल्लो निर्वाचनमा ६ सिटमा खुम्चिएको कांग्रेसले भने अहिले तेब्बर बढी नतिजा हात पार्न सफल रह्यो ।

गण्डकीमा समानुपातिकतर्फको अन्तिम मतपरिणाम भने आइसकेको छैन । हालसम्म सार्वजनिक मतपरिणामअनुसार एमालेले तीन लाख ६७ हजार ९८९ मत ल्याउँदै पहिलो दल बनेको छ । दोश्रो कांग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादीले एक लाख १६ हजार ९४५ मत पाएको छ । समानुपातिकतर्फ अघिल्लो निर्वाचनको तुलनामा राप्रपाले झन्डै चारगुणा मत बढाएर ५९ हजार ४८३ मत पाएको छ ।

अघिल्लोपटक एमालेले १०, कांग्रेसले नौ, माओवादीले तीन, तत्कालीन नयाँशक्ति र जनमोर्चाले समान एक÷एक सांसद समानुपातिकबाट जितेका थिए । यसपटक भने राप्रपाबाट सांसद आउने निश्चित हुँदा जनमोर्चा बाहिरिने भएको छ ।

प्रत्यक्षतर्फ निर्वाचित ३६ सांसदमध्ये प्रदेशसभामा नै दोहोरिने सांसदको संख्या भने चार मात्र रहेको छ । 

कास्की २ (ख) विन्दुकुमार थापा, मनाङ (ख) दीपक मनाङे, तनहुँ १ (ख) हरिबहादुर चुमान र नवलपुर १ (ख) रोशन गाहामगर मात्रै प्रदेशसभामा दोहोरिएका अनुहार हुन् । कास्की १ (क) का खगराज अधिकारी प्रतिनिधिसभा र गोरखा २ (ख) का सुरेन्द्रराज पाण्डे भने राष्ट्रियसभाबाट प्रदेशमा आएका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro