site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चलेन नेपालको ब्याटिङ, स्कटल्यान्डसँग तीन विकेटले पराजित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको छ ।

नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको हो । १३८ रनको लक्ष्य स्टकल्यान्डले ३२.१ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

१३८ रनको लक्ष्य पूरा गर्ने क्रममा स्कटल्यान्डका क्रिष्टोफर म्याकब्राइडले ४३ रन बनाए । ब्रान्डन म्याकमुलेनले अविजित ३२ रन बनाउँदा माइकल लेस्कले २२ रन जोडे । म्याथ्यु क्रसले १३ रन बनाए भने ओपनर र्जर्ज मुन्सेले १७ रन जोडे । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

नेपालका ललित राजवंशी, गुल्सन झा र सागर ढकालले दुई दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो । 

Global Ime bank

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि बलर गुल्सन झाले सबैभन्दा धेरै २९ रन बनाए । पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, कप्तान रोहितकुमार पौडेलले १७ र आरिफ शेखले १० रन जोडे । 

स्कटल्यान्डका क्रिस सोलेले तीन विकेट लिए भने मार्क वाटले दुई विकेट लिए । म्याकमुलेन, सफ्यान सरिफ र माइकल लेस्कले एक एक विकेट लिए । 

जितसँगै ३० खेलबाट ४४ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । समान ४४ अंक जोडेको ओमान रनरेटमा पछि परेपछि दोस्रो स्थानमा झरेको छ । २२ खेलमा १८ अंक जोडेको नेपाल छैटौँ स्थानमा यथावत छ । ओमान र अमेरिकाले सबै ३६ खेल खेलिसकेको छ । अमेरिका ३५ अंकका साथ तेस्रो स्थानमा छ भने नामिबिया ३३ अंकका साथ चौथो स्थानमा छ । २६ खेलबाट २७ अंक जोडेको युनाइटेड अरब इमिरेट्स (यूएई) पाँचौँ स्थानमा छ । 

त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले नामिबियालाई ४ विकेटले पराजित गरेको थियो । नेपाल र नामिबियाको खेल वर्षाका कारण नजिताविहीन बन्दा अंक बाँड्नु परेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !