site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काभ्रेमा डढेलो लगाएको आरोपमा पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काभ्रेपलाञ्चोक । जंगलमा डढेलो लगाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । डढेलो लगाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

पाँचखाल नगरपालिका–५ स्थित रातमाटे सामुदायिक जंगलमा डढेलो लगाएको आरोपमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नगरपालिका–१ स्थित कासकोट सामुदायिक जंगलमा डढेलो लगाएको आरोपमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ स्थित आरुबोट सामुदायिक जंगलमा डढेलो लगाएको आशंकामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अरूविरुद्ध मुद्दा चलाइएको उनले बताए ।

डढेलो मानवबस्तीमा पस्दा रोसी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोसी गाउँपालिका–४, सानोपोटा गाउँका १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार रुपैयाँबराबरको क्षति भएको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro