site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अनिलको सपनाको आँसु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले गएको बुधबार ट्वान्टी–२० विश्वकपका निम्ति नेपाली टिमको घोषणा गर्दा विकेटकिपर ब्याटर अनिल साह पनि समेटिए । नेपाली टिममा गत वर्षको फागुनदेखि पुनरागमन गरेका अनिल त्यसयता नियमित भने बन्न सकेका छैनन् ।

टिममा पर्दा अनिलले पाएका मौकामा पनि आफूलाई प्रमाणित गर्न सकेका थिएनन् । ट्वान्टी–२० शृंखलाअन्तर्गत वेस्ट इन्डिज ‘ए’सँग शनिबार भएको अन्तिम खेललाई छाड्ने हो भने उनले मौका पाएका तीन खेलमा २० रन मात्र बनाएका थिए ।

ट्वान्टी–२० विश्वकपअघि क्यानले टिम बनाउन खोजिरहँदा अनिलको उक्त प्रदर्शनले स्थान नपाउने सम्भावना थियो । अनियमित मौका र त्यस्तै प्रदर्शनबाट गुज्रिरहेका अनिलले बुधबार घोषित टिममा आफ्नो नाम देखेपछि आँसु रोक्न सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“विश्वकप सबको सपना हुन्छ,” शनिबार वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपालले ६ विकेटको जित निकालेपछि पत्रकारसँगको कुराकानीमा अनिलले विश्वकपका निम्ति घोषित टिममा नाम पर्दाको क्षणलाई यसरी सुनाए, “एकछिन आँसु आएको थियो । कन्ट्रोल गरेँ । खुसी लागेको छ । घरमा कुरा गरेँ । सबैजना खुसी हुनुहुन्थ्यो ।”

विश्वकपअघि आयोजित शृंखलाको अन्तिम खेलमा अनिलले आफू किन टिममा छु भन्ने प्रमाणित पनि गरे । उक्त खेलमा उनले ५८ रनको अर्धशतकीय इनिङ खेले । यसक्रममा उनले ४५ बलमा चार चौका र चार छक्का प्रहार गरे । अनिलसँगै ओपनर आसिफ शेखको ब्याटबाट पनि अर्धशतक बन्दा नेपालले सहज जित निश्चित गर्‍यो । आसिफले ३५ बलमा दुई चौका र पाँच छक्कासहित ५१ रन जोडे ।

Global Ime bank

ksdfmh-1714844769.jpg
विश्वकपका निम्ति टिम घोषणाको तेस्रो दिन अर्धशतक बनाएपछि अनिललाई प्रश्न गरिएको थियो, ‘विश्वकपको टिममा पर्छु किन पर्दिनँ भन्ने दबाबले यसअघिको खेलमा राम्रो हुन नसकेको हो ?’ अनिल टिममा दबाबको वातावरण नरहेको जिकिर गर्छन् ।

उनले भने “टिममा दबाबको माहोल थिएन । हामी नियममा छौँ । हामीलाई सबैले ब्याक गरिरहेका छन् । यसअघिका खेलमा हामी आफैँले राम्रो गर्नुपर्ने थियो । हामी त्यसमा चुक्यौँ ।”

उतारचढावपूर्ण करियर
अनिल नेपाली टिम र समर्थकका निम्ति नयाँ अनुहार होइनन् । ०५५ साल मंसिर १ गते मध्यतराईको बारा जिल्लामा जन्मिएका अनिलले आजभन्दा ६ वर्षअघि नै नेपाली टिममा ‘डेब्यु’ गरेका थिए ।

सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा अनिलले नेपाली टिमको पहिलो ‘क्याप’ जितेका थिए । नेदरल्यान्ड्सको एमस्टरड्याममा भएको दुई खेलको एकदिवसीय शृंखलामा उनले मौका पाएका थिए ।

तर, त्यो शृंखला अनिलका निम्ति सम्झनलायक रहेन । दुवै खेलमा मौका पाए पनि उनले ब्याटिङमा क्रमशः २१ र चार रन मात्र बनाए । त्यसपछि चार वर्ष अनिल राष्ट्रिय टिमबाट बाहिर रहे । २०२२ मा पुनः राष्ट्रिय टिममा मौका पाएका अनिल त्यसमा पनि आफूलाई प्रमाणित गर्न असफल भए ।

केही समयअघि सम्पन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने उनले उत्कृष्ट पुनरागमन गरे । प्रतियोगिताकै उच्च स्कोरर बनेका अनिलले त्यहाँ एक शतक र दुई अर्धशतकसहित ३८६ रन बनाए ।

प्रधानमन्त्री कपका दौरान अनिल आफ्नो चाहना राष्ट्रिय टिममा फर्किनु रहेको बताउँथे । फागुनमा राष्ट्रिय टिममा पुनरागमन गरेको दोस्रो खेलमै उनले शतक जोडे । क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय शृंखला ‘क्लिन स्वीप’ गर्दा एक शतक र एक अर्धशतकसहित १६२ रन जोड्दै उनी प्रतियोगिताको उच्च रनकर्ता बनेका थिए ।

प्रधानमन्त्री कपबाटै पुनः राष्ट्रिय टिमसम्मको ढोका खोलेका अनिल अहिले क्रिकेटको संरचना बन्दै गर्दा अरू खेलाडीले पनि मौका पाउने सम्भावना बढेको बताउँछन् । “पहिलो घरेलु संरचना थिएन । अहिले सानो संरचना भने पनि छ । खेलाडीहरू व्यस्त छन् । त्यो राम्रो हो । हामीले पनि धेरैभन्दा धेरै खेल पाइरहेका छन्,” उनले भने, “टिमबाट बाहिर हुनेले पनि धेरै अवसर पाएका छन् । टिममा को हुन्छ को हुँदैन भन्ने कुरा हाम्रो होइन । बोर्डमा हुनेहरूले टिमको राम्रोका लागि नै सोच्नुहुन्छ जस्तो लाग्छ ।”

k8-1714827623.jpg
विश्वकपमा नेपाल
१० वर्षपछि विश्वकपमा उक्लिएको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै तीन टेस्ट राष्ट्र बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंकासहित अर्को बलियो एसोसिएट टिम नेदरल्यान्ड्स छन् ।

जुन २ देखि सुरु हुने प्रतियोगिताको तेस्रो दिन नेपालले नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसपछि नेपालले दोस्रो खेलमा विश्वकप विजेता समेत रहेको श्रीलंकासँग जुन १२ मा खेल्नेछ । श्रीलंकाले सन् २०१४ को ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो । जुन १५ मा नेपालले दक्षिण अफ्रिकाविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जुन १७ मा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement