site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
क्यानडा घटनाबारे भारतको प्रतिक्रिया– उनीहरूले सोच्ने कुरा हो, हामी किन डराउने ? 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले संगठित अपराधमा जोडिएका पञ्जाबका मानिसलाई क्यानडाले स्वागत गरिरहेको आरोप लगाएका छन् । क्यानडामा तीन भारतीय युवक पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा शुक्रबार गिरफ्तारीमा परेपछि भारतका विदेशमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उडिसाको राजधानी भुवनेश्वरमा शनिबार एक कार्यक्रममा उनले भने, “मैले रिपोर्ट देखेँ, प्रहरीले जाँचका क्रममा कसैलाई गिरफ्तार गरेको होला । तर, तथ्य यो हो कि संगठित अपराधमा जोडिएका पञ्जाबका मानिसलाई क्यानडाले स्वागत गरिरहेको छ र भिसा दिइरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले थपे, “तपाईं उसलाई भिसा दिइरहनुभएको छ, जो भारतमा वान्टेड छन् । कति त झुटो कागजात पेस गरेर गएका छन् । फेरि पनि  राजनीतिक फाइदाका लागि तपाईं उनीहरूलाई बस्न दिइरहनुभएको छ ।”

उनले अगाडि भने, “तपाईंलाई कुनै अप्ठ्यारो होला, केही मामिलामा अप्ठ्यारो पनि परेको छ । हामी किन डराउने ? त्यहाँ केही भइरहेको छ भने उनीहरूले सोच्ने कुरा हो ।”

Global Ime bank

उनले सो अवसरमा भारतका निम्ति क्यानडामा समसया रहेको जनाएका थिए । उनले क्यानडामा सत्तापक्ष र विपक्ष दुवैमा रहेका पार्टीले स्वतन्त्र अभिव्यक्तिका नाममा चरमपन्थी र हिंसाका समर्थकलाई मान्यता दिएको समेत आरोप लगाए ।

क्यानडा प्रहरीले निज्जर हत्याकाण्डमा तीन भारतीय नागरिकलाई पक्राउ गरेपछि उनीहरू भारतद्वारा परिचालित हुन् कि होइनन् भनेर छानबिन गरिरहेका बेला विदेशमन्त्रीको पछिल्लो धारणा सार्वजनिक भएको हो । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement