site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भन्सार र कोटा प्रणालीको कारण भारतमा तेल निर्यात घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको २०७९/८० पहिलो त्रैमासमा भारतमा तेल निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तंथ्याकअनुसार गत आर्थिक वर्षको त्रैमासभन्दा चालु आर्थिक वर्षमा ३१ प्रतिशतले तेल निर्यात घटेको हो । 

नेपालले भारतमा पाम तेल, भटमासको तेल र तोरीको तेल बिक्री गर्दै आइरहेको छ । 

यस आर्थिक वर्षको पहिलो त्रैमासमा कूल ११ अर्ब ७५ करोड रुपैयाँको तेल निर्यात भएको छ । अघिल्लो वर्ष सोही समयमा ३७ अर्ब आठ करोडको तेल निर्यात भएको थियो ।  

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलना यस आर्थिक वर्षमा २५ अर्ब ३३ करोड रुपैयाँले गिरावट आएको हो । 

राष्ट्र बैंकको तथ्यांकअनुसार यसवर्षको पहिलो त्रैमासमा पाम तेल सर्वाधिक निर्यात भएको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा पाम आयल आठ अर्ब पाँच करोड रुपैयाँ बराबरको आयल निर्यात भएको थियो । गत वर्षको सोही महिनामा १३ अर्ब ५१ करोडको तेल भारतमा बिक्री भएको थियो । 

यस्तै, यस आर्थिक वर्ष कात्तिक मसान्तसम्ममा सोयाबिन तेल एक अर्ब १६ करोड रुपैयाको निर्यात भएको छ । गत वर्ष सोही समयमा २२ अर्ब दुई करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको थियो ।
 
यस्तै, पिनाको तेल (आयल केक्स) चालु आर्थिक वर्षमा पहिलो त्रैमासमा ५३ करोड आठ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही समयमा एक अर्ब ५४ करोड एक लाख रुपैयाँको पिनाको तेल निर्यात भएको थियो । 

आयात भन्सार घटाएको र कोटा प्रणाली लागु गरेको कारण भारतमा तेल निर्यात घटेको नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताए । 

“एकातर्फ भारत सरकारले आयात भन्सार कम गरेको छ । अर्काेतर्फ कोटा प्रणाली लागु गरेको छ, जसले गर्दा नेपालबाट भारतमा तेल निर्यात घटेको हो,” अध्यक्ष गुप्ताले भने ।

यसअघि, भारत सरकारले कोटा प्रणाली लागु गरेको थियो । भने अहिले भारत सरकारले आयात भन्सार र कोटा प्रणाली दुवै लागु गरेको छ । जसकारण गतवर्षको तुलनामा चालु आर्थिक वर्षमा भारतमा तेल निर्यातमा ठूलो गिरावट आएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro