site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पेट्रोलियम पदार्थको आयात मूल्य बढ्यो, खपत घट्यो !

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको २०७९/८० को आठ महिनामा पेट्रोलियम पदार्थको आयातको लागि खर्च मूल्य बढे पनि आयात परिमाण भने घटेको छ ।

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा एक खर्ब ९६ अर्ब ३६ करोड १५ लाख २९ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको सोही अवधिमा एक खर्ब ७५ अर्ब ९९ करोड ८२ लाख ६० हजारको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

तथ्यांकअनुसार गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २० अर्ब ३६ करोड ३२ लाख ६९ हजार रुपैयाँ पेट्रोलियम पदार्थ खरिदमा मूल्य बढेको छ । तर, खर्च मूल्य बढे पनि आयात परिमाण भने घटेको छ ।

Himalayan Bank
Dabur nepal
Agni Group

पेट्रोल

चालु आवको फागुन महिनासम्ममा ४४ अर्ब १५ करोड ९९ लाख १३ हजार रुपैयाँ बराबरको चार लाख ४१ हजार ८१९ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवमा सोही अवधिमा ३९ अर्ब ८५ करोड ६९ लाख पाँच हजार रुपैयाँ बराबरको चार लाख ८६ हजार १२० किलोलिटर पेट्रोल आयात भएको थियो ।

Global bank

गत आवको वर्षको आठ महिनाको तुलनामा चालु आवमा चार अर्ब ३० करोड ३० लाख आठ हजार रुपैयाँ आयात मूल्य बढे पनि ४४ हजार ३०१ किलोलिटर पेट्रोल कम आयात भएको छ ।

डिजेल

चालु आवको आठ महिनामा ९८ अर्ब ९५ करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको आठ लाख २० हजार ७७० किलोलिटर डिजेल आयात भएको छ । गत वर्षको सोही समयावधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको ११ लाख ४६ हजार ३९९ किलोलिटर डिजेल आयात भएको थियो ।

गत वर्षको तुलनामा चाल आव आठ महिनामा ११ अर्ब १२ करोड २७ लाख ९४ हजार रुपैयाँ आयात मूल्य बढे पनि तीन लाख २५ हजार ६२९ किलोलिटर कम डिजेल आयात भएको छ ।

खाना पकाउने ग्यास (एलपीजी)

आर्थिक वर्षको फागुन मसान्तसम्ममा ३८ अर्ब ७२ करोड ६० लाख ९३ हजार रुपैयाँ बराबरको ३४ करोड आठ लाख ५६ हजार ८०६ किलोग्राम खाना पकाउने  ग्यास (एलपीजी) आयात भएको छ । 

गत वर्ष सोही सयमावधिमा ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँ बराबरको ३६ करोड ३४ हजार ६१८ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो ।

गत वर्षको तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ९१ करोड ५३ हजार ६५ लाख रुपैयाँ आयात मूल्य घट्दा एक करोड ९१ लाख ७७ हजार ८१२ किलोग्राम एलपीजी कम आयात भएको छ ।

हवाई इन्धन

चालु आवको आठ महिनामा १५ अर्ब ५१ करोड ७२ लाख ६६ हजार रुपैयाँ बराबरको पाँच लाख ६३ हजार १०८ किलालिटर हवाई इन्धन आयात भएको छ । गत वर्षको सोही अवधिमा सात अर्ब ६६ करोड ४४ लाख ३४ हजार किलोलिटर हवाई इन्धन आयात भएको थियो ।

गत वर्षको आठ महिनाको तुुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब १४ करोड ३४ लाख ९४ हजार रुपैयाँ आयात मूल्य बढे पनि १८ लाख नौ हजार ६६४ किलोलिटर हवाई इन्धन कम आयात भएको छ ।

पेट्रोलियम पदार्थको आयात परिमाण घट्नुमा भारतमा मूल्य सस्तो हुनु र नेपालमा विकास निमार्णमा काम कम हुनु प्रमुख कारण रहेको अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले बताए ।

अहिले पेट्रोलियम पदार्थको मूल्य नेपालमा भन्दा भारतमा औसतमा २५ रुपैयाँले कम छ ।

“गत वर्ष नेपालमा भन्दा भारतमा मूल्य महँगो थियो । जसको कारण सीमापार क्षेत्रका भारतीय गाडीहरू नेपालमा आएर पेट्रोलियम पदार्थ खरिद गर्दथे,” डिपो प्रमुख यादवले भने, “अहिले नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य २५ रुपैयाँले कम छ । जसले गर्दा सीमा क्षेत्रका नेपालीहरुले भारतमा गएर पट्रोल खरिद गर्छन् । जसको कारण आयात परिमाणमा कमी आएको छ ।”

साथै, सामान ढुवानीको लागि भारत गएका गाडीहरुले पनि उतैबाट पेट्रोल लोड गरेका आउँदा नेपालमा पेट्रोल आयात परिमाण घटेको उनको धारणा छ ।

उनको विचारमा आयात घट्नुको अर्काे कारण विकास निर्माणको काम कम हुनु हो । जसले गर्दा कन्स्ट्रक्सन र कलकारखाना कम चल्ने गरेका छन् र पेट्रोलियम पदार्थको खपत कम हुने भएको कारण आयात परिमाण घटेको प्रमुख यादवले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:२२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय