site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सात दिनमा नेपाल एयरलाइन्सका तीन लापरबाही : यात्रुलाई सास्ती, निगमलाई लाखौँको नोक्सानी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को लापरबाही बढ्दै गएको जनगुनासो बढ्न थालेको छ । यात्रुहरूले विभिन्न समयमा एयरलाइन्सको लापरबाहीका कारण आफूले दुःख पाएको गुनासो गरिरहेका छन् ।

केहीदिन पहिले मात्र निर्वाचन आयोगका सचिव गोर्कणमणि दुवाडीले काठमाडौं–दिल्ली उडानका क्रममा आफ्नो ब्यागेज फुटेको गुनासो गरेका थिए ।

नेपाल एयरलाइन्सविरुद्ध लगेज फुटेको, यात्रुलाई बेवास्ता गरको, अलपत्र पारेकोजस्ता घटनाहरू बेलाबखत आइरहन्छन् । हुन पनि पछिल्लो एक साता मात्र नेपाल एयरलाइन्सका तीनवटा लापरबाही सतहमा आएका छन् । जसले सयौँ यात्रु मर्कामा परेका छन् भने निगमलाई लाखौँको नोक्सान भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

घटना १ 
एयरलाइन्सले निर्धारित समयमा मलेसियाको नागरिक उड्डयन कार्यालयमा फरेन एयर अपरेटर सर्टिफिकेट (एफएओसी) नवीकरण नगरेकाले एयरलाइन्सको काठमाडौं–मलेसिया नियमति उडान चैत १४ गतेदेखि रद्द भएको थियो । एयरलाइन्सले समयमा नै एफएओसी नवीकरण नगर्दा मलेसियाको नागरिक उड्डय प्राधिकरणले काठमाडौं–क्वालालम्पुर–काठमाडौं नियमति उडान रद्द गरिदिएको थियो ।

उडान रद्द भएपछि एयरलाइन्सले गत आइतबार (चैत १२ गते) चार्टर उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग गरेको थियो ।

Royal Enfield Island Ad

त्यसपछि प्राधिकरणले एयरलाइन्ससँग स्पष्टीकरण सोधेको थियो । जवाफ आएपछि प्राधिकरणले एयरलाइन्सलाई त्यँहा चार्टर उडान गर्नका चैत १४ देखि १८ गतेसम्म अनुमति दिएको थियो ।

घटना २
त्यसको तीन दिनमै नेपाल एयरलाइन्सको वाइडबडी जहाजको बायाँतर्फका दुईवटा टायर पन्चर भएपछि बिहीबार जहाज दिल्लीमा ग्राउन्डेड भयो ।

निगमको लापरबाहीका कारण समयमै जहाजको टायर नफेरिँदा यात्रुहरू दिल्लीमा २६ घण्टा अलपत्र परेका थिए । जहाजमा सवार २५१ जना यात्रु दिल्लीमै रोकिए । अलपत्र परेका यात्रुलाई एयरलाइन्सले दिल्लीको होटेलमा राखेको थियो ।

उक्त जहाज शुक्रबार कतार एयरवेजसँग जगेडा टायर सापटी लिएर काठमाडौं पर्किएको थियो । 

घटना ३
शनिबार नेपाल एयरलाइन्सको अर्काे वाइडबडी जहाज ११ घण्टा डिले भएको छ । एयरलाइन्सको को–पाइलट बिरामी भएपछि बोर्डिङ पास लिएर त्रिभुवन विमानस्थलमा पुगेका यात्रु अलपत्र परेका थिए ।

काठमाडौं–दुबई–काठमाडौंको उडान शनिबार राति ११ बजे हुने तय भएको थियो । तर, उड्नै लाग्दा को–पाइलट बिरामी भए । उडान रद्द भयो । उडान रद्द हुँदा दुवैतर्फ ५४३ यात्रु अलपत्रमापरेका थिए । 

पाइलटसँगै उड्ने अर्को जगेडा को–पाइलट व्यवस्था गर्न नसक्दा दुबईका लागि उड्ने तय भएको उडान नम्बर आरए २२९ बाट उड्न बोर्डिङपास लिइसकेका २६६ यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परे । उनीहरूलाई पछि काठमाडौंको होटेलमा राखिएको थियो । यस्तै, उक्त विमानबाट फर्किने २७३ यात्रुलाई पनि दुबईमा होटेलमा राख्नुपरेको थियो । 

एयरलाइन्सले रद्द भएको उडान आइतबार बिहान १०ः२० मा गरेको थियो । 

०००
नेपाल एयरलाइन्सका पूर्वनिर्देशक रामहरि शर्मा सीमित जहाज र ‘क्याबिन क्रू’का कारण समस्या आउने गरेको बताउँछन् । यस्ता खालका समस्या समाधानका लागि एयरलाइन्सले विमान र जहाज थप गर्नुपर्ने शर्माको तर्क छ । 

“एयरलाइन्ससँग अहिले ‘क्याबिन क्रू’ सीमित छ । बिदा बस्ने बारेमा पहिलै जानकारी दियो भने उनीहरूले सेडुल मिलाउँछन् । टायर पन्चर हुने, ‘क्याबिन क्रू’ बिरामी हुने जस्ता समस्या अचानक आउने समस्या हुन् । बिरामी पर्‍यो अथवा समस्या आयो भने यस्ता खालका समस्या आउने गर्छन्,” शर्माले भने, “यस्ता खालका समस्या समाधान गर्न एयरलाइन्सले बिमान र क्याबिन क्रू मेम्बर थप्नुपर्छ ।”

समयमा नवीकरण नगर्ने समस्या भने एयरलाइन्सको लापरबाहीको कारण हुने उनको भनाइ छ । 

यता नेपाल नागरिक उड्डय प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अकस्मात रूपमा पाइलट बिरामी हुने, उडान रद्दजस्ता विषयमा एयर अवेयरनेस डिभिजनले हेर्ने बताए । प्राधिकरणको कार्यक्षेत्र प्राविधिक पक्ष निगरानी गर्ने भएको उनले बताए ।

“जहाज उड्न पर्‍यो । उडिरहेको जहाजमा समस्या आउनुभएन भन्ने विषय हाम्रो अन्तर्गत पर्छ । करेक्सन गर्ने ठाउँ हुँदाहँदै पनि उनीहरूको लापरबाही भयो भने हामीले सुक्ष्म रूपमा निगरानी गर्छौं,” उनले भने, “तर अकस्मात रूपमा पाइलट बिरामी भयो, उडान रद्द भयो भन्ने विषय एयर अवेयरनेस डिभिजनले हेर्छ ।”

उनले एयरलाइन्सले लापरबाहीका कारण यात्रुले सास्ती पाउनु भने गलत भएको बताए । प्रवक्ता भुलले पछिल्लो समय भएको घटनाको विषयमा एयरलाइन्ससँग छलफलमा गर्ने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro