site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेसनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा ऐन २०७९ को दफा ४७ (६) को व्यवस्थाअनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको ०८२ असार ५ मा भएको ३७औँ वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भइ सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनःनिर्वाचित भएकी हुन् ।  

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्