site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समस्यामा गुण : कर्मचारीलाई तलबभत्ता र प्राधिकरणलाई साढे चार करोड तिर्न बाँकी

काठमाडौं । गुण एयरलाइन्सको वित्तीय ‘अडिट’ कमजोर देखिएको छ । पाँचवटा जेट स्ट्रिम विमान बेच्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीको वित्तीय अडिट सुरु गरेको थियो ।

प्राधिकरणको वित्तीय अडिटअनुसार गुण एयरलाइन्सले प्राधिकरणलाई चार करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै, कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिएको र बोर्डिङ पास छपाइको भुक्तानी बाँकी रहेको प्राधिकरणले गरेको अडिटमा देखिएको छ ।

यसअघि, प्राधिकरणले पाइलट र कर्मचारीलाई समयमा तलबभत्ता नदिएको भन्दै गुणको सबै उडान रद्द गरिदिएको  थियो । त्यसलगत्तै प्राधिकरणले गुणको वित्तीय अडिट सुरु गरेको थियो ।

गुण एयरलाइन्सले पोखरा, जनकपुर, विराटनगर, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेतलगायतका गन्तव्यमा उडान गर्दै आएको थियो । तर, पछिल्लो एक महिनादेखि सबै उडान ग्राउन्डेड गरिएको छ ।

गुणसँग अहिले १८ सिट क्षमताको सातवटा विमान छन् । जसमा यती एयरलाइन्ससँग किनेको पाँचवटा जेट स्ट्रिम विमान र दुईवटा पुरानो सिम्रिक एयरलाइन्ससँग रहेको बिचक्राफ्ट विमान रहेको छ । तीमध्ये अहिले गुणले यतीसँग किनेको पाँचवटा विमान बेच्न लागेको थियो । 

तर, वित्तीय अडिट कमजोर भएकाले उक्त जहाज बिक्री गर्न नपाउने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । अहिले प्राधिकरणमार्फत वित्तीय अडिट भइरहेको सूचना अधिकारी भुलले जानकारी दिए ।

“अहिले वित्तीय अडिट भइरहेको छ । अहिले उडानमा लगाएको प्रतिबन्द पनि कायम छ,” भुलले भने, “वित्तीय अडिट कमजोर देखिएको छ । वित्तीय सुधार नभएसम्म जहाज बिक्री पनि गर्न पाउँदैन । उडानमा लगाएको रोक कायम रहन्छ ।”

यता, गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले भने अहिले अडिट विवरण कम्पनीलाई प्राप्त नभएको बताए । उनले भने, “हामीलाई अहिले अडिट विवरण प्राप्त भएको छैन । विवरण प्राप्त भएपछि हामी त्यहीअनुसार अघि बढ्छौँ ।”

गुण एयरलाइन्सले २०२१ देखि उडान सुरु गरेको थियो । 

पारिवारिक सुनचाँदी व्यवसाय हुँदै घरजग्गाबाट एयरलाइन्स व्यवसायमा प्रवेश गरेका राजेन्द्र शाक्य यसअघि समेत समस्यामा परेका थिए । गुण एयरलाइन्स समस्यामा परेपछि उनको सहकारी तथा अन्य व्यवसायसमेत समस्यामा परेका थिए । गतवर्ष उनले एक अर्ब लगानीमा पुनः गुण एअरलाइन्स नै चलाउने निर्णय गरेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro