site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग 
Ghorahi CementGhorahi Cement

काठमाडौ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरूको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटनका क्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सरकारसँग ललितकलाका विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए । उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरूको निर्यातमा सुविधा दिनुपर्नेमा जोड दिए ।

Agni Group

कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रसलगायत सामग्रीहरूको आयात शुल्क छुट गर्नुपर्ने उनले माग गरे ।

नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद–बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उनको भनाइ छ । त्यसका लागि नीति, नियम र कानुनी सुधार हुनुपर्नेमा उनले जोड दिए ।

Global Ime bank

कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने बताए । सबै क्षेत्रहरूमा प्रतिष्ठानका शाखा कार्यालयहरूको व्यवस्था हुनुपर्ने उनले उल्लेख गरे ।

नेपालमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी हुनुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरूलाई पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने उनले बताए । बृहत् कलाग्रामको स्थापना हुनुपर्नेमा पनि उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC