site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवासित छुट्टाछुट्टै छलफलपछि माधव नेपाल र प्रचण्डबीच भेटवार्ता जारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच अहिले भेटवार्ता जारी छ ।

ललितपुरको हात्तीवनमा उनीहरूबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, आजै बिहान प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र प्रचण्डबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको थियो । प्रचण्ड बालुवाटारबाट निस्किएलगत्तै अध्यक्ष नेपाल देउवासित छलफल गर्न बालुवाटार पुगेका थिए ।

देउवासित प्रचण्ड र नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेपछि सत्ता गठबन्धनमा आबद्ध दलका यी दुई नेता आपसमा छलफलमा जुटेका हुन् ।

Global Ime bank

निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा नेताहरूबीच भेटघाट र छलफलले तीव्रता पाएको छ । नेताहरूबीचको छलफल चुनावी समीक्षा, अबको सरकार गठनलगायत विषयमा केन्द्रित हुन थालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !