site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समानुपातिकमा साढे तीनगुणा मत बढाएर गण्डकी संसदमा राप्रपाको 'इन्ट्री'
SkywellSkywell

पोखरा । दुई-दुई पटक विघटित अघिल्लो प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए, “व्यक्तिगत रूपमा म संसदमा आउँदिन, आउने चुनावमा पार्टीको राम्रो हैसियत बनाउनको लागि पनि जनतामा जाँदैछौँ । अब संसदमा म एक्लै आउने छैन, बलियो शक्तिको रुपमा आउने छौँ ।”

लिङ्देनले मात्रै अघिल्लो चुनावमा पार्टीको साख जोगाएका थिए । उनले भनेझैँ उनी अहिले एक्लो छैनन्, उनको पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा ६ सिट जितिसकेको छ । एक ठाउँमा अगाडि छ ।

उनको बोलीको प्रभाव संघीय संसदमा मात्रै देखिएन, प्रदेशहरूमा पनि देखियो । प्रत्यक्षमा नजितेपनि गण्डकी प्रदेशमा समानुपातिकको मत हेर्ने हो भने राप्रपा एमाले, कांग्रेस र माओवादी पछिको चौथो स्थानमा छ ।

KFC Island Ad
NIC Asia

राप्रपाले अघिल्लोपटकभन्दा साढे तीन गुणा मत बढाएको छ । ०७४ को निर्वाचनमा राप्रपाले गण्डकीमा ल्याएको मतसंख्या हो, १५ हजार ६४९ । राप्रपाको त्यो मत दलगत रूपमा हेर्दा सातौँ नम्बरमा थियो ।

स्याङजा २ को (क) र (ख) सहितका क्षेत्रको मतगणना गर्न बाँकी रहँदा राप्रपाले ५४ हजार ७३६ मत ल्याइसकेको छ । यो मत अघिल्लो निर्वाचनको तुलनामा साढे तीन गुणा बढि हुन आउँछ ।

Royal Enfield Island Ad

अघिल्लो निर्वाचनमा समानुपातिकबाट एक एक सांसद पाउने दुई दल थिए, राष्ट्रिय जनमोर्चा र तत्कालीन नयाँ शक्ति पार्टी नेपाल । जनमोर्चाले १९ हजार ३५६ र नयाँ शक्तिले २४ हजार ६२४ मत पाएका थिए ।

अहिले यी दुवै दलले त्यतिबेला पाएकाे मत जोड्दा पनि राप्रपा नै १० हजार बढी मतले अगाडि छ । यसको अर्थ, प्रत्यक्षमा एक सिट नजितेपनि गण्डकी प्रदेशमा राप्रपाको 'इन्ट्री' हुने निश्चय भएको छ ।

एमाले, कांग्रेस र माओवादीपछिको बढी मत पाएका कारण यसपटक यी चार दलले मात्रै गण्डकीमा समानुपातिक सांसद पाउने देखिएको छ । अघिल्लो निर्वाचनकै तुलना गर्ने हो भनेपनि एमाले १०, कांग्रेस ९, माओवादी केन्द्रले ३ सांसद पाउँदा बाँकी रहेका दुई सांसदको फाइदा भने राप्रपाले उठाउने छ ।

प्रदेशसभा समानुपातिकतर्फको अन्तिम बन्दसूची हेर्दा राप्रपाबाट यसपटक गोविन्दराज खनियाँ र सुशीलादेवी सापकोटा थापाको सम्भावना बढी देखिन्छ । समानुपातिक प्रणालीमा एकमात्रै सांसद पाउने अवस्था आयो भने महिलालाई अगाडि बढाउने विश्वव्यापी प्रचलन छ ।

गण्डकीमा अघिल्लोपटक समानुपातिकबाट एक-एक सिट जितेका नयाँ शक्ति र जनमोर्चाले आदिवासी/जनजाति समुदायका महिलालाई प्रदेश सांसद बनाएका थिए । 

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिक २०७९ अनुसार पनि गण्डकीमा बन्दसूची बुझाउँदा पहिलो क्लस्टरमा आदिवासी जनजाति र दोस्राे नम्बरमा खसआर्य बुझाउनुपर्छ । यो प्रावधानअनुसार राप्रपाबाट आदिवासी जनजाति महिलाको एक नम्बर सूचीमा रहेकी सुशीलादेवी सापकोटा थापाको प्रबल सम्भावना छ । थापा नवलपुरकी हुन् ।

दुई सांसद पाएको खण्डमा खसआर्यबाट गोविन्दराज खनियाँ प्रदेश सांसद बन्नेछन् । उनी लमजुङका हुन् । राप्रपाले यी दुई सांसदसहित गण्डकी प्रदेशमा प्रवेश गर्ने सम्भावना देखिएको छ ।

अहिलेसम्मको समानुपातिक मतपरिणाम हेर्दा अघिल्लोपटक एक सांसद पाएको जनमोर्चा यसपटक १४ हजार ५४९ मत ल्याएर छैटौँ नम्बरमा पुगेको छ । नयाँ शक्ति पार्टी यसपटक छैन । तर, उसको ठाउँ भने हाम्रो नेपाली पार्टीले लिएको छ । यो दलले हालसम्म १७ हजार ६३२ मत पाएको छ ।

एमाले-कांग्रेस खस्किँदा फाइदामा राप्रपा, माओवादीलाई तुलनात्मक रूपमा कम क्षति

स्याङ्जा २ का प्रदेशसभा क्षेत्रको मतगणना बाँकी नै छ । तर, त्यो मतगणना भएपनि एमाले, कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा कम मत पाउने निश्चित भइसकेको छ । ०७४ र ०७९ को समानुपातिक मतको तुलना गर्दा यी दुवै दल पछाडि परेका छन् ।

०७४ मा तीन लाख ७३ हजार ५०१ मतसहित पहिलो बनेको एमालेले समानुपातिबाट १० सांसद पाएको थियो । अहिले भने एमालेले तीन लाख ११ हजार ३८९ मत मात्रै पाउन सकेको छ । अघिल्लो निर्वाचनमा भन्दै झन्डै ६२ हजार मत गुमाएको एमालेले स्याङजा गनिसक्दा पनि त्यसको हाराहारीमा पुग्दैन ।

समानुपातिकको दोस्राे ठुलो दल कांग्रेसको हालत पनि उस्तै छ । अघिल्लोपटक गण्डकीमा समानुपातिबाट ९ सांसद पाएको कांग्रेसले तीन लाख ६४ हजार ७९७ मत पाएको थियो । त्यो मत एमालेको भन्दा ९ हजार कम थियो ।

अहिले भने कांग्रेस एमालेभन्दा २५ हजार मतले पछाडि परिसकेको छ । कांग्रेसले हालसम्म दुई लाख ८८ हजार ३७३ मत पाएको छ । अघिल्लो निर्वाचनको तुलनामा कांग्रेस हालसम्म ७६ हजार मतले पछि परेको छ । यसले समानुपातिकमा एमालेको भन्दा कांग्रेसको मत 'ट्रान्सफर' भएको देखाउँछ ।

तुलनात्मक रूपमा माओवादीले भने समानुपातिकको मत अरू दलले भन्दा जोगाएको देखिन्छ । हुनत, अघिल्लोपटक २४ हजार ६२४ मत ल्याउने नयाँ शक्ति पार्टीको मत पनि माओवादीमा जोडिनुपर्ने हो । किनभने बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति अहिले नेपाल समाजवादी पार्टी बनेको छ ।

नेसपाका उमेदवार फणिन्द्र देवकोटा हँसिया हथौडा चुनाव चिह्न लिएर गोरखाबाट प्रदेशसभामा जितेका छन् । चुनाव चिह्न हँसिया हथौडा भएका कारण उक्त मत पनि माओवादीमा आउनुपर्ने हो । तैपनि अघिल्लो निर्वाचनमा एक लाख १९ हजार ५२८ मतसहित तेस्राे बनेको माओवादी अहिले पनि तेस्राे नै छ । अहिलेसम्म उसले एक लाख १२ हजार २२१ मत पाएको छ । स्याङ्जाको मतगणना सकिइसक्दा केही हजार मत माओवादीमा थपिने देखिन्छ ।

गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी)ले भने अहिलेसम्म १४ हजार १३४ मत पाएर सातौँ बन्न पुगेको छ । नवलपुरबाट प्रदेशसभामा उठेका यो पार्टीका उमेदवार भने पराजित बनिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २१:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro