site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जो ५०० भन्दा कम मतान्तरले पराजित भए
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत योपटक केही क्षेत्रमा साँघुरो अन्तरको हारजित भएको छ । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये ५०० भन्दा कम मतान्तरले पराजित हुने उमेदवार ६ जना छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङबाट नेपाली कांग्रेसका उमेदवार टेकबहादुर गुरुङ निर्वाचित भए । उनले दुई हजार ५७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार पोल्देन छोपाङ गुरुङले दुई हजार २४७ मत ल्याए । उनीहरूबीचको मतान्तर ३२८ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, दैलेख क्षेत्र नम्बर–२ बाट एमालेका उमदेवार लक्ष्मीप्रसाद पोखरेल १५३ मतान्तरले पराजित भए । यहाँबाट निर्वाचित कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार १५८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २० हजार पाँच मत पाए ।

दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट एमाले महासचिव शंकर पोखरेल नेकपा (माओवादी केन्द्र)की उमेदवार रेखा शर्मासँग १९७ मतान्तरले पराजित भए । शर्माले २६ हजार ८७७ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८० मत ल्याए ।

Global Ime bank

काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार रवीन्द्र मिश्र १२५ मतान्तरले पराजित भए । यहाँबाट कांग्रेसका प्रकाशमान सिंह सात हजार १४३ मत ल्याउँदै निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी मिश्रले सात हजार १८ मत प्राप्त गरे ।

पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट कांग्रेसका उमेदवार सुरेन्द्र चौधरी १५१ मतान्तरले पराजित भएका । यहाँबाट निर्वाचित एमालेका राजकुमार गुप्ताले २४ हजार २६० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी चौधरीले २४ हजार १०१ मत ल्याए ।

प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचत भए । उनले २१ हजार ९४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उमेदवार खेलप्रसाद बुडाक्षेत्रीले २१ हजार ७५२ मत ल्याए । उनीहरूबीचको मतान्तर १९० छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC