site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैतडी जीप दुर्घटना : मृतक चार प्रहरीको पहिचान खुल्यो

डडेलधुरा । बैतडीमा सोमबार बिहान प्रहरी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको पहिचान खुलेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४, निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जीप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी चौकी धामीगाउँ बैतडीमा कार्यरत प्रहरी जवान रमेशसिंह साउद, तालिम केन्द्रमा कार्यरत प्रहरी जवान दीर्घ बिष्ट र तालिम केन्द्रमै कार्यरत अर्का जवान लोकबहादुर बाठामगरको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी हवल्दार गणेश खड्का र जवान पुतली खड्कालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जतर्फ लगिएको छ । घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । 

यस्तै, अन्य घाइतेमा प्रहरी जवान भानु बिष्ट, नरेश कठरीया, प्रहरी जवान टिकेन्द्रसिंह ऐरी, सहायक हवलदार गोपालबहादुर पाल, प्रहरी जवान चन्द्रसिंह ठगुन्ना, प्रहरी जवान आसा धामी र जीप चालक देवराम महर रहेका छन् । 

उनीहरुलाई पनि थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro