site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्वेतपत्रले प्राधिकरणको यथार्थ बाहिर ल्यायो, अब लोडसेडिङ हुँदैन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको अहिलेको यथार्थ श्वेतपत्रमार्फत बाहिर ल्याइएको दाबी गरेका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा प्राधिकरण घाटामा गएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको बताए । उनले छिट्टै प्राधिकरणको पछिल्लो वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गराउने बताए ।

प्राधिकरणको श्वेतपत्रप्रति सांसदहरूले राखेका धारणाप्रति मन्त्री खड्काले आफ्नो धारणा राख्न सांसद स्वतन्त्र रहेको प्रतिक्रिया दिए । उनले संसद् अधिकारसम्पन्न रहेकाले संसदीय समिति बनाएर छानबिन गरे अझ राम्रो हुने टिप्पणी गरे ।

त्यस्तै, मन्त्री खड्काले अब मुलुकमा लोडसेडिङ नहुने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro